२ माघ २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नरैनापुरको बिद्युतीकरणको काम अगाडी नबढ्ने


कोहलपुर/ नरैनापुरको बिद्युतीकरणको काम अगाडी नबढ्ने भएको छ । केही दिन अघी बिभिन्न सँचारमाध्यममा नरैनापुरको बिद्युतीकरणको कार्य सुरु भयो भन्ने सामाचारले स्थानियहरु खुसी भएका थीए । तर, निर्माण कम्पनीले पहिला गरेको कामको भुक्तानी नदिएसम्म काम नगर्ने जनाएको छ । रेनु कन्टक्सन कम्पनीले बिगतमा काम गरेको पैसाको भुक्तानी नपाए सम्म काम नगर्ने भनि लिखित रुपमा नेपाल बिद्युत प्राधिकरणमा निबेदन समेत पेश गरेकोछ ।
नरैनापुर कोरोनाको उच्च जोखिम भएको क्षेत्रका कारण कामगर्ने कामदारहरु काममा जान नमानेको र अघील्नो कामको पनि भुक्तानी नभएका कारण काम गर्न नसकिने रेनु कन्ट«क्नसका प्रतिनिधि त्रिलोक धीतालको भनाइ छ । आफुलाइ कुनै जानकारी छैन विद्युतको काम अगाडी वढ्यो भन्ने सामाचार आएको देख्दा आफु अचम्मित भएको धीतालले नयाँ कोर्सलाई बताए । सबै ब्यवस्थापन मिलाएर केही समय पछी काम अगाडी बढाउने योजना रहेको नेपाल बिद्युत प्राधिकरण क्षेत्रिय कार्यालय नेपालगँजका प्रमुख मुनेन्द्र ठाकुरले बताएकाछन । निर्माण कम्पनीसँगको समस्या के हो ? सामाधान गरि बिद्धुतीकरणको काम यथासक्य सुचारु गर्नुपर्ने स्थानियहरुको माग छ ।

Nabintech