१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको पछिल्लो अवस्था बुझ्न मन्त्री पौडेल बाँकेमा


कोहलपुर/ बाँके क्षेत्र नं १ ख साँसद एंव प्रदेश ५ को कृषि तथा भुमि व्यवस्था मन्त्री आरती पौडेले सोमवार र मंगलवार आफ्नो निर्वाचन क्षेत्र भित्रका क्वारेन्टाईनमा बसेका जनताको अवस्था वारे जानकारी लिएकी छन् ।

मन्त्री पौडेलले क्वारेन्टाईनहरुको अवस्था र त्यहाँ बसेका भारतका बिभिन्न स्थान बाट रोजगारी गुमाएर आएका मानिसहरुको बारेमा जानकारी लिएकी हुन । सो अवसरमा मन्त्री पौडेलले क्वारेन्टानहरुको अवस्था सुधार गर्न कोहलपुर र राप्ती सोनारी पालिका भित्र ५०/५० बेडको आईसुलेसन बेडहरु तयार गर्न सघाउने बताईन् ।

उनले कृषि मन्त्रीको हैसियले रोजगारी गुमाएकाहरुलाई कृषि क्षेत्रमा लाग्न उत्पेरणा दिने कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जानाईन । उनले कोहलपुर ११ बागेश्वरी क्यापसको क्वारेन्टाईन , कोहलपुर १२ को ज्ञान ज्योति माबीको क्वारेन्टाईन लागयत कोहलपुर क्षेत्रका क्वारेन्टाईन र शिव सक्ति माध्यामिक विद्यालयको पेरानिको क्वारेन्टाईनको स्थलगत अवलोकन गरेकी थिईन ।

पौडेलले जिल्लाको पछिल्लो अवस्था बारे जिल्लाका सुरक्षा अधिकारी , खजुराको कोरोना अस्पताल , कोहलपुर ८ पिपरी कृषि बिकास बैकमा राखिएका कोरोना सक्रमितहरुको अवस्था वारे पनि जानकारी लिएकी थिईन ।

मन्त्री पौडेलले देश भरिमै कोरोना प्रभाबित जिल्ला बाँकेको पछिलो अवस्था बारे जानकारी लिन बाँके आएको बताउदै , स्थलगत अवलोकनमा क्रममा भेटिएका बिषयहरु मुख्य मन्त्री शंकर पोख्रेलललाई जानकारी गराउने पौडेलले बताईन ।

Nabintech