१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पश्चिम रुकुम प्रकरणः बेपत्ताको खोजीमा गोताखोर परिचालन

निष्पक्ष छानबिन गर्न समिति गठन



कोहलपुर/  सरकारले पश्चिम रुकुम घटनाको छानबिन गर्न पाँच सदस्यी छानबिन समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको निष्पक्ष छानबिन गर्न पाँच सदस्यीय टोली गठन गरेको जानकारी दिएका छन् ।

त्यस्तै गृहमन्त्री बादलले जातिय सद्भाव कायम राख्न शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय जाजरकोट र पश्चिम रुकुमबीच समन्वयात्मक ढंगले काम भरहेको जानकारी दिए ।

गृहमन्त्री बादलले बेपत्ताहरुको खोजी गर्न गोताखोर परिचालन गरिने जानकारी दिए । उनले शनिबार साँझबाट बेपत्ता युवाहरुको खोजी गर्न गोताखोर परिचालनको तयारी गरिएको बताए ।

मन्त्रालयले यस घटनाको सत्यतथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सहसचिवको सहयोगितामा प्रहरी वरिष्ठ उपरीक्षक राष्ट्रिय अनुसन्धान विभागको अधिकृत प्रतिनिधि, महान्यायाधिमक्ताको कायालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गत शनिबार राति जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विकलाई पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया युवतीसँग प्रेम गरेको आरोपमा हत्या गरिएको थियो ।

प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

Nabintech