१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
क्वारेनटाईनमा न्युनतम पुर्वाधार समेत नरहेको गुनासो


कोहलपुर/ कोहलपुर नगरपालिकाकाले वडा स्तरमा क्वारेन्टाईन बनाउने निर्णय गरेको ३ दिन बितेको छ । तर, वडाले बनाएको क्वारेनटाईनमा न्युनतम पुर्वाधार समेत नरहेको गुनासो क्वारेन्टाईनमा बसेकाहरुले गरेका छन । कोहलपुर नगरपालिका वडा नं ३ मा रहेको क्वारेन्टाईनमा न्युनतम व्यवस्था नभएको गुनासो आएको हो ।

कोहलपुर ३ का प्रेम थापाले वडाले बनाएको क्वारेन्टाईनमा पि फर्म समेत नरहेको गुनासो गरे । थापाका छोरा हाल कोहलपुर ३ मा रहेको जनता माबि मैटहवामा रहेको क्वारेनटाईन्मा छन । थापाका छोरा सहित भारतको मुम्बैबाट आएका ७ जना सो क्वारेन्टाईनमा बसेका छन । क्वारेन्टाईन्मा बस्नेहरुले घर बाटै तन्ना ल्याएर सुतेको गुनासो गरे ।

खाना घर बाटै ल्याएर खाएको बताउने उनिहरुले पि फर्म र झुलको व्यवस्था गरिदिन आग्रह गरे । क्वारेन्टाईम खाने पानीको धारो एउटा मात्रै रहेकाले समस्या रहेको उनको भनाई छ ।

सो बारेमा कोहलपुर ३ का वडा अध्यक्ष माधव रिजालसंग गुनासो गर्न पटक पटक फोन गरेको भए पनि अध्यक्ष रिजालको फोन नउठेको थापाले नयाँ कोर्सलाई बताए ।

Nabintech