११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु, पर्सामा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि


कोहलपुर/ पर्साको वीरगञ्जमा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको पुष्टि भएको छ । नेशनल मेडिकल कलेजमा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पाइएको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले नागरिकखबरलाई जानकारी दिए ।

जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषको अन्त्येष्टि भने भइसकेको छ । मृतकको स्वाब परीक्षण गर्दा शंकास्पद देखिएपछि थप पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र ती व्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएको उपाध्यायले बताए ।

अहिले नेशनल मेडिकल कलेज सिल गर्ने प्रक्रिया अगाडि बढेको छ । क्षयरोग, दम र निमोनियाबाट ग्रसित ती व्यक्तिलाई परिवारका सदस्यले २ गते अस्पताल ल्याएका थिए ।

योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि बाँके, गुल्मी र सिन्धुपाल्चोकका तीनजनाको मृत्यु भइसकेको छ ।

फाइल तस्बिर

Nabintech