१७ फाल्गुन २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चौरजहारीमा दुइ युवाको मृत्यु, चार अझै बेपत्ताः नेकपाद्वारा छानवीन समिति गठन

कोहलपुरका दलित अधिकारकर्मीद्धारा घटनाको बिरोध



कोहलपुर/ रुकुमपश्चिमको चौरजहारीमा भएको झडपमा दुइ जनाको ज्यान गएको छ भने बेपत्ता भएका चार जना अझै भेटिएका छैनन् ।
जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन भनेर शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती गाउँ पुगेका २१ वर्षिय नवराज विकले ज्यान गुमाएका हुन् । उनका साथी चौरजहारी टिकाराम सुनारको पनि ज्यान गएको छ ।
नवराजको आइतबार बिहान र टिकारामको साँझ शव फेला परेको हो । उनीहरूको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुईजनाको चौरजहारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

नवराजको सोती गाउँकी मल्ल थरकी १७ वर्षीया एक किशोरीसँग प्रेमसम्बन्ध रहेको र बिहेका लागि सोती आएका बेला झडप भएको हो । उनी शनिबार अरू १८ जना साथी लिएर जाजरकोटबाट चौरजहारी नगरपालिकाको सोती आएका थिए । लकडाउनको बेला यति धेरै किन आए भनेर गाउँले जम्मा हुँदा आफूहरुमाथि आक्रमण हुन थालेको बुझेर जाजरकोटबाट आएका युवाहरु भागेको र गाउँ पछिपछि लखेट्दै जाँदा ६ जना युवाहरु भेरी नदीमा हाम फालेको र १२ जना भेरीवारि नै रहेको स्थानीयले बताएका छन् ।

भेरीमा हामफालेका दुइ जनाको शब भेटिएको छ भने चार जना बेपत्ता छन् । भेरीवारि रहेका १२ जनामध्ये १० जना सामान्य घाइते आईतवार नै अस्पतालबाट डिस्चार्ज भएका छन् भने दुइ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
केही महिनाअघि पनि नवराज आफ्ना केही साथीसहित तिनै किशोरीसित बिहे गर्न भन्दै सोती आएका थिए । त्यतिबेला पनि इलाका प्रहरी कार्यालयमा ल्याएर उमेर पुगेपछि बिहे गर्ने सर्तमा घर पठाइएको प्रहरीले बताएको छ ।
नवराजको सोतीकी १९ वर्षीया मल्ल थरकी किशोरीसँग प्रेम सम्बन्ध रहेको र उनकै आग्रहमा भगाउनलाई आफूहरु गएको त्यो टोलीका एक घाइते आशिष विकले प्रहरीलाई बताएका छन् ।
केटीसँग भेट हुन नपाउँदै केटीकी आमाले चिच्याएर गाउँलेलाई बोलाएपछि आफूहरुमाथि आक्रमण भएको उनको भनाइ छ । घाइतेहरुले केटा र केटीको थर नमिल्दा जातीय विभेदका कारण यो घटना भएको बताएका छन् भने स्थानीयले लकडाउनको बेलामा धेरै मान्छे आउँदा हुमहाल र आवेशमा यस्तो घटना भएको बताएका छन् ।

नेकपा द्धारा अध्ययन र छानबिन गर्न समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमपश्चिमले घटनाको अध्ययन र छानवीनमा सहयोग गर्न एक समिति गठन गरेको छ । पार्टी अध्यक्ष गोपाल शर्मा ‘अनल’ले प्रेस नोटमार्फत सो जानकारी गराउनुभएको हो ।

कोहलपुरका दलित अधिकारकर्मी र नागरिक समाजको बिरोध,घटना लाई बिषयान्तर गर्न खोजिएको आरोप

कोहलपुका अधिकारकर्मी र नागरिक समाजका अगुवाहरुले चौरजहारी घटनाको बिरोध गरेका छन । एक बिज्ञप्ती जारी गर्दै अधिकारकर्मीहरुले जातिय बिभेद जन्य घटनाका कारण २ जनाको कुटपिट बाट मृत्यु भएको भन्दै घटनामा सम्लग्नलाई कार्यवाहीको माग गरिएको छ ।

बिज्ञप्तीमा जनयुद्धको उदगम थलो र प्रभावसाली नेताहरु बस्ने ठाँउमा उक्त घटना हुनुले गणतान्त्रीक मुलक र कम्युनिष्ट सरकार प्रति नै प्रस्न चिन्ह खडा भएको गरेको उल्लेख छ । केहि राजनैतिक दलले घटना लाई बिषयान्तर गर्न खोजिको भन्दै राजनैतिक आडमा घटनालाई तोडमोड गर्न खोजिएको आरोप लगाइएको छ । दोषीलाई कार्यवाही नभए आन्दोनलमा उत्रन बाध्य हुने उल्लेख छ ।

बिज्ञप्तीमा नेपाल दलित मुक्ति संगठनका प्रदेश सह ईन्चार्ज,पुजन बिक,नेकपाका नेता एंव दलित मुक्ति संगठन बाँकेका ईन्चार्ज राम कृष्ण बि.क,अधिकारकर्मिहरु धर्मलाल रोकाय, लिल बहादुर नेपाली , अमर बहादुर बिक,कृष्ण बहादुर बिक,डिल बहादुर परियार , निर्मला सुनार,हरि बहादुर सुनार , प्रेस संगठनका बाँकेका सह संयोजक हेमन्त बिक र पत्रकार शिव सुनार लगायतको हस्ताक्षर रहेको छ ।

Nabintech