२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे सुरक्षामा खटिएका प्रहरी


कोहलपुर/  कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन् ।

कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको मुख्यमन्त्री शाहीले अनलाइन खबरलाई बताए ।

मुख्यमन्त्री शाहीले भने, ‘बाहिर सुरक्षाकर्मीको अभाव छ । क्वारेन्टाइन स्थलमा दुईजना प्रहरीले सुरक्षा दिइरहेका छन् । त्यसैले केही सजिलो होला भनेर फिर्ता गरेको हुँ ।’

मुख्यमन्त्रीको सुरक्षामा एकरएकजना सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर खटिएका थिए ।

मुख्यमन्त्रीले फिर्ता गरेका प्रहरीले शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा डियुटी सुरु गरिसकेका छन् ।

Nabintech