२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा युवा नेता सुजललाई एक युवकद्वारा ज्यान मार्ने धम्की,


कोहलपुर /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) राप्ती सोनारी गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ “नेपालका युवा नेता शेर बहादुर खडका “सुजल”लाई कोहलपुर वडा न १० बस्ने पुष्पकर खड्काले फोन मार्फत ज्यान मार्ने धम्की दिएको सुजलले बताएका छन् ।

कोरोना भाइरसको संक्रमित बढे संगै राप्ती सोनारीमा पुलिस प्रशासनको सहयोगमा बाहिरी मानिसहरुको अावातजावत तथा गाउँकै मानिसहरु पनि अति अावश्यक कामभन्दा बाहिर अाउजाउ गर्न नदिन गाउँका युवाहरु मिलेर रोकावट गरेकोमा निज पुष्कर खड्कालाई यसरी अनावश्यक अावतजावत नगर्नुहोस् भन्दा सम्झाउदा उल्टै हातखुट्टा काटी दिने र ज्यान मार्ने धम्कि दिएको युवा नेता सुजलले बताए ।

निज पुष्कर खड्का राप्ती सोनारी ८ शिवशक्ति मा- वि- पेडारीमा अध्यापन गराउदै आइरहेको सुजलले बताए । उनले दिएको धम्कीको अडियो कल रेकर्ड सुरक्षित रहेको सुजलले बताए । सुजलले आफुलाई दिएको धम्की पुलिस प्रशासनमा जानकारी गराएको समेत बताए ।

Nabintech