११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना संक्रमनबाट आक्रान्त नरैनापुरले सरकारसँग गुहार माग्यो


कोहलपुर/ बाँकेको नरैनापुर गाउँपालिकाले कोरोना संक्रमितको व्यबस्थापनमा समसया सृजना भैरहेको भन्दै केन्द्रिय सुकारसँग गुहार मागेको छ ।
कोरोनाले आक्रान्त नरैनापुर गाउँपालिकाले केन्द्रिय सरकारसँग गुहार माग्दै उच्चस्तरीय चिकित्सक र थप सुरक्षाकर्मी पठाइ दिन गुहार मागेको हो ।
कोरोना संक्रमितका परिवारलाई केही व्यक्तिहरुले भ्रम छर्दै उक्साउने काम गरे पछि गाउँपालिकामा तनाव उत्पन्न भएको पालिकाले जनाएको छ ।

एकजनाको मृत्यु र एक सय चौध जना संक्रमित भएको उक्त गाउँपालिकामा संक्रमितलाई खजुरा स्थित कोरोना बिशेष अस्पतालमा लैजानेक्रममा पटक पटक अवरोध हुँदै आएका बेला गाउँपालिकाले कोरोना बारेमा भ्रम सिर्जना गरी काममा अवरोध सिर्जना गर्ने काम भइरहेको स्पष्ट पारेको हो ।
गाउँपालिकाले नरैनापुरमा संक्रमणको अवस्था थप भयावह हुन नदिन उच्चस्तरीय चिकित्सक र सुरक्षाकर्मीको टोली पठाइदिन हारगुहार गरेको छ ।

नरैनापुरले प्रधानमन्त्री कार्यालय लगायत सबैजसो निकायमा पत्र पठाएर कोरोना नियन्त्रणका लागि आवश्यक सहयोगको माग गरेको छ ।

Nabintech