१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका सबै वडाहरुमा क्वारेन्टाइन बनाईने


कोहलपुर / कोहलपुर नगरपालिकाका सबै वडाहरुमा क्वारेन्टाइन बनाईने भएको छ । शनिवार कोहलपुर नगरपालिकाले आयोजना गरेको बैठकले नगर भित्रका १५ वटै वडाहरुमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।
१५ वटै वडाका अध्यक्षहरु र स्थानीय प्रहरी प्रमुख सहितको बैठकले वडा कार्यालयको व्यवस्थापनमा क्वारेन्टाइन बनाउने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले नयाँ कोर्सलाई बताए । प्रदेश ५ मा सवै भन्दा बढी कोरोना संक्रमित बाँकेमा देखिएकाले र छिमेकि मुलुक भारतका विभिन्न सिमानाकाबाट जिल्लामा प्रवेश गर्ने स्थानीयहरुका लागि क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णय गरेको प्रमुख रावतले बताए ।हाल कोहलपर नगरपालिका भित्र तीन स्थानमा क्वारेन्टाई बनाईएको छ ।
कोहलपर नगरपालिका वडा नं ११ को बागेश्वरी बहुमुखी क्याम्पसमा ३० जनालाई राखिएको छ । वडा नं २ को लक्ष्मी मा.वि. बर्दहवा र वडा नं १२ को ज्ञानज्योती मा.वि.मा क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।
कोहलपुर नगरपालिकाले वडा नं ९ मा रहेको कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्रमा बनाएको क्वारेन्टाइनलाई आइसोलेसन बनाई नरैनापुरका कोरोना संक्रमित ४१ जनालाई राखिएको छ ।
रोजगारीका लागि भारत गएकाहरु सिमा नाकाबाट भित्रिने क्रम बढेसँगै कोहलपर नगरपालिकाले क्वारेन्टाइनको क्षमतामा बृद्धि गर्ने निर्णय गरेको हो l

Nabintech