११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विद्यालयद्धारा कारवाहीको माग


कोहलपुर/ बाँकेको कोहलपुर–११ मा रहेको निम्बल ई.मि. स्कुलले विद्यालयका प्रिन्सिपल रमेश खत्रीको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा जथाभावि लेख्नेलाई कारवाहीको लागि माग गरिएको छ । सामाजिक सञ्जाल फेसबुकको अनुशा केसीको नामबाट फेक आईडि बनाई प्रिन्सिपलको चरित्र हत्या गर्ने गरी जथाभावि लेखेको भन्दै कारवाहीका लागि माग गरिएको छ ।

आज विद्यालयका अध्यक्ष निम बहादुर खत्रीले एक प्रेस विज्ञप्ती निकालेर विद्यालयको बदनाम गराने कुनियतका साथ जेष्ठ ९ गते अनु्शा केसी नाममा फेक आईडी बनाई सामाजिक सञ्जाल फेसबुकमा स्टाटर्स पोष्ट गरेकोमा विद्यालयको गम्भिर ध्यानाकर्षण भएको र उक्त घटनालाई सईबार क्राइम अपराध अन्तर्गत छानविन तथा अनुसन्धान गरी उक्त व्यक्तिको खोजि गर्न सम्बन्धित निकायमा विद्यालयको तर्फबाट पहलकदमी भईसकेको जनाईएको छ ।

साथै विज्ञप्तीमा व्यतिग पूर्वाग्रहले कसैको चरित्र हत्या गर्ने पराधिक मानसिकताका साथ सामाजिक सञ्जालको पोष्टका पछि नलाग्न तथा विश्वास नगर्न विद्यालयसँग सरकोर राख्ने सम्पूर्ण सरोकारवाला तथा शुभचिन्तकहरुमा आग्रह गरिएको छ । त्यस्तै सोहि विषयमा निजी तथा आवासी विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन कोहलपुर नगर कमिटिले एक प्रेस विज्ञप्ती निकालेर घटनाको घोर आपत्ति जनाएको छ । प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र सचिव गोविन्द सुवेदीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा घटनामा संग्लनलाई साईबर क्राइम अपराध अन्तर्गत छानविन तथा अनुसन्धान गरी कानूनि कारवाहीकालागि पहल गरि दिन सम्बन्धित निकायमा माग समेत गरिएको छ ।

Nabintech