३ माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
४४ हजार ५ सय ८४ जनाको अवस्था गम्भीर


 

एजेन्सी । पछिल्लो २४ घन्टामा संसारभर अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबारमात्रै संसारभर १ लाख ७ हजार ७ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या एकदिनमा संक्रमित देखिएको सबैभन्दा धेरै हो ।

बिहीबार पनि संक्रमितको संख्या १ लाख ५ हजार ६ सय २९ जनामा नयाँ संक्रमण देखिएको थियो । शुक्रबार संसारभर ५ हजार २ स्य ५२ जनाको मृत्यु भएको थियो ।

संक्रमितमध्ये एकैदिनमा अमेरिकामा २४ हजार १ सय ९७, ब्राजिलमा १९ हजार ९ सय ६९, रसियामा ८ हजार ८ सय ९४, बेलायतमा ३ हजार २ सय ८७, भारतमा ६ हजार ५ सय ६८, चिलीमा४ हजार २ सय ७६ र पेरुमा २ हजार ९ सय २९ जनामा नयाँ संक्रमण देखिएको थियो ।

यो समाचार तयार पार्दासम्म संसारभर ज्यान गुमाउनेको संख्या ३ लाख ३९ हजार ९ सय ९२ पुगेको छ । संक्रमितको संख्या ५३ लाख ३ हजार ३ सय ९३ जना पुगेको छ । संक्रमितमध्ये २१ लाख ५८ हजार ५ सय १० जना उपचारपछि घर फर्किएका छन् । ४४ हजार ५ सय ८४ जनाको अवस्था भने गम्भीर छ

Nabintech