१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
उपभोक्ताको नाममा ठेकेदारको रजाँई


कोहलपुर/कोहलपुरमा विकास निर्माणका काममा उपभोक्ता समितिको नाममा सम्झौता गरेर ठेकेदारलाई कामको जिम्मा दिएर कमिसन खाने प्रबृती बढदै गएको छ ।

स्थायिन तह मार्फत हुने ५० लाख भन्दा कम बजेट रहेको निर्माणका काममा उपभोक्ता समिति गठन गर्ने र कामको जिम्मा ठेकेदारलाई दिने गरिएको पाईएको छ । कोहलपुर नगरपालिका वडा नं ५ को सिद्धार्थ प्राथामिक बिद्यालयको घेरवारका लागि पर्खाल निर्माणका लागि उपभोक्ता समितिको नाममा कोहलपुर नगरपालिकासंग सम्झौता गरेर ठेकेदारलाई कामको जिम्मेवारी दिईएको आरोप लागेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत केहि सदस्य मिलेर शिव प्रसाद थारुको नाममा उपभोक्ता समिति गठन गरि नगरपालिकासंग सम्झौता गरेको र कोहलपुर २ का कमल शाही लाई कामको ठेक्का दिईएको स्कुल व्वयवस्थापन समितिका सदस्य राम चन्द्र थारुले आरोप लगाए ।
कोहलपुर नगरपालिकाको २४ लाख बढि , वडा नं ५ को २ लाख र बाँकी १० प्रतिसत काम उपभोक्ताले गर्ने गरि उपभोक्ता समितिको नाममा सम्झौता भएको कोहलपुर नगरपालिका श्रोतले जनाएको छ । उपभोक्ता समितिले काम गर्ने गरि सम्झौता गरिएको काम स्कुल व्यवस्थापन समितिको अध्यक्ष , उपभोक्ता समितिका अध्यक्षले कमल शाही लाई दिएको स्कुल व्यवस्थापन समिति सदस्य राम चन्द्र थारुले बताए ।

उनले अनुचित फाईदाका लागि बिना टेण्डर र बिना प्रतिष्प्रर्धा कामको जिम्मा दिईएको बताए । आफुले उपभोक्ता समिति मार्फत नै काम गनुपर्ने अडान राखेपनि स्कुलका प्रध्यानाध्यापक , व्यवस्थापन समिति अध्यक्ष , उपभोक्ता समितिका अध्यक्षले नमानेको थारुको भनाई छ ।

उनले गलत तरिकाबाट जिम्मा लगाईएको काम गुणस्तर हिन रहेको समेत दाबि गरे । उनले स्कुलको पर्खाल निर्माणका क्रममा जमिन मुनिको भागमा पिल्ला ईटाको प्रयोग गरिएको दाबि गदै अख्तीयार दुरुपयोग अनुषन्धान आयोगमा उजुरी गरेको दाबि गरे । अख्तियार दुरुपोग अनुषन्धान आयोगले सुक्रवार नै बिद्यालयमा पुगी छानिबिन प्रक्रिया सुरु गरेको छ । आयोगको टोलि बिद्यालयमा पुगि पर्खाल निर्माणमा प्रयोग भएको निर्माण समाग्रीको स्याम्पल नियन्त्रणमा लिएको अख्तीयार श्रोतले जानकारी दिएको छ । अख्तीयारको निगरानि पछि शुक्रवार देखि पर्खाल निर्माणको काम रोकिएको एक स्थानियले बताए ।
निर्माणमा संलग्न एक कामदारका अनुसार जमिन मुनिको भागमा पिल्ला ईट्टाको प्रयोग गरिएको छ ।

निर्माणमा सम्लग्न कोहलपुर ३ का कामदार सरद बिश्वकर्माले कमल शाहिले आफुहरुलाई काममा लगाएको जानकारी दिए । उनले पर्खाल निर्माणको काम बैशाख १ गते देखि गर्दै आएको समेत बताए । निर्माणका क्रममा केहि कमजोरी रहेको र कमसल ईट्टाको प्रयोग भएको स्विकार गरे । बिश्वकर्माले सबै ईटा कमसल त होईन हाल सम्म ६ हजार पिल्ला मात्रै पिल्ला ईटाको प्रयोग भएको दाबि गरे ।

बिद्यालयको प्रध्यानाध्यापक नवराज ढकालले लकडाउनका कारण आफु बर्दिया आफ्नो घरमा रहेको जानकारी दिदै निर्माणको लागि उपभोक्ता समिति निर्माण गरेर नगरपालिकासंग सम्झौता भएको बारे आफुलाई जानकारी रहेको बताए । उनले कमल शाहि लाई ठेक्का दिएको बारे आफुलाई जानकारी नभएको दाबि गरे ।

कोहलपुर नगरपालिकाकी उप प्रमुख एंव अनुगमन समितिकी संयोजक समेत रहेकी सञ्जु कुमारी थारुले उपभोक्ता समितिले सम्झौता गरेको काम अन्य व्यक्तिलाई पुन टेण्डर दिन नमिल्ने बताईन् । गुणस्तरीयताको बारे प्राबिधीकसंग जानकारी दिन आग्रह गरिन । बाँकी अख्तियारले अनुसन्धान गरि रहेको उनले बताईन ।

उप प्रमुख थारुले कोहलपुर नगरापालिका भित्र अन्य बिकासका कामहरु पनि उपभोक्ताले सम्झौता गरेर ठेकेदारले निर्माण गरि रहेको गुनासो आफुसंग आएकाले पत्रकारले निगरानि बढाउनु पर्ने आवश्यकतामा जोड दिईन ।
उप प्रमुख थारुका अनुसार कोहलपुर ५ को नालि निर्माण र कोहलपुर २ को बाल अस्पताल निर्माणको काम पनि उपभोक्ताले जिम्मेवारी लिएर ठेकेदारले गरि रहेको भन्ने गुनासो आएको बताईन । कोहलपुर २ को वाल अस्पतालको पर्खाल निर्माण उपभोक्ता समितिका संयोजक कुष्माकर बस्याल ले उपभोक्ता समितिको मातहत नै काम भैरहेको नयाँ कोर्सलाई बताए । बस्यालले आफ्नो प्रत्यक्ष निगरानिमा काम गराई रहेको भन्दै आफुहरु बिरुद्ध कु प्रचार गरिएको दाबि गरे ।

कोहलपुर नगरपालिका प्राबिधिक प्रमुख ईन्जिनियर बाल कृष्ण महतराले कोहलपुर ५ को बिद्यालयको फिनिसिङको काम सन्तोष जनक नरहेको बताए । उनले निरिक्षणका क्रममा ईट्टामा मिसावट रहेको पाएको बताए । उनले ठेकेदारलाई कामको जिम्मा दिएको बारे आफुलाई जानकारी नभएको बताउदै सो कामको जिम्मेवारी ठेकेदार लाई दिन नमिल्ने भएपनि कोहलपुरमा यस्तो प्रचलन रहेको गुनासो आएको बताए । उनले कामको जवाफदेही उपभोक्ता समिति हुने बताए ।

सिद्धार्थ प्राथमिक बिद्यलाय निर्माण समितिका अध्यक्ष शिव प्रसाद थारुले नयाँकोर्स संगको कुराकानिमा उपभोक्ता समितिले काम गर्न अप्ट्यारो हुने मानेर कमल शाहि संग सहयोग मागेको बताए । उनले उपभोक्ता समिती बाट नगरपालिकामा जम्मा गनुपर्ने ४ लाख बढि धरौटी रकम पनि कमल शाहिले नै जम्मा गरेको बताए । उनले निर्माणका क्रममा कमि कमजोरी भएको भए सच्याउन लगाउने नयाँकोर्स लाई बताए ।
कामको जिम्मा लिएको अरोप लगाईएका कमल शाहिले आफुले उपभोक्ता समिति लाई सहयोग मात्रै गरेको बताए । उनले आफु संग भएका लेवर मिस्त्रीहरु लाई काममा पठाईदिएको दाबि गरे । उनले बिद्यालयको पर्खाल निर्माणको काममा आफ्नो कुनै सम्वन्ध नरहेको दाबि गरे ।

Nabintech