७ माघ २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको खजुरामा व्याडमिन्टन कबर्डहल बन्ने


कोहलपुर / बाँकेको खजुरामा व्याडमिन्टन कबर्डहल निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

खजुरा गाउँपालिकाले उपलब्ध गराएको ९ लाख ७० हजार तथा क्लबको सदस्यबाट संकलन गरिएको रकम गरि ११ लाखको लागतमा सो कबर्डहल निर्माणका लागि शिलान्यास गरिएको खजुरा ब्याडमिन्टन क्लबका अध्यक्ष भक्तबहादुर गोदार क्षेत्रीले बताए ।

खेलकुद विकास समिति प्रदेश ५ का निवर्तमान अध्यक्ष भीम ओली र क्लबका अध्यक्ष गोदारले संयुक्त रुपमा शिलान्यास गरे । ने रा प्राबी क गाउँले उपलब्ध गराएको ५ कठ्ठा जमिनमा सो भबन निर्माण गर्न लागिएको हो ।

Nabintech