१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सरकारी,सामुदायिक र नीजि भवनहरुमा क्वारेन्टाइन बनाईने


कोहलपुर/ कोहलपुर नगरपालिका वडा न १२ मा सर्वदलिय बैठक सम्मन्न भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोक थामको लागि भारत वाट आएका वडा न १२ का स्थानीयलाई क्वारेन्टाइन मा राख्नका लागि सरकारी,सामुदायिक र आवश्यक परे नीजि भवनहरु  उपलब्ध गराउने सर्वसम्मत निर्णय सर्वदलिय बैठकले गरेको छ ।

वडाका कार्यवाहक अध्यक्ष नैन बहालुर शाह को अध्यक्षतामा बसेको बैठकमा नेकपाका नेता सुर्य ढकाल ,नेपाली काँग्रेसका नेता टेक नारायण भुषाल र राप्रपाका चक्र के.सि. जनमोचाका राम वहालुर खत्रि, एकनाराण चपागाई र कार्यपालिका सदस्य नारायणी वलि लगायतले आफनो भनाई राखेका थिए ।

Nabintech