१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा २१ जना कोरोना भाइरसलाई जितेर  घर फर्कदै


कोहलपुर /  बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना संक्रमितहरु निको भएर भोली डिस्चार्ज हुन लागेका छन् ।

बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्किन लागेका हुन् ।

दोस्रो पटक गरीएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल बसाई पूरा गरेर उनीहरु घर फर्किन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उनिहरुलाई भोलि शुक्रबार विहान ९ वजे अस्पतालबाट विदाई गरिने अस्पताल कोरोना संक्रमितहरुको उपचारमा संलग्न डाक्टर विनोद डङ्गोलले जानकारी दिनुभयो

Nabintech