११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका ३० जनालाई क्वारेन्टाईनमा राखियो


कोहलपुर / हिजो बुधवार सिमा नाका जमुनाह हुँदै नेपाल भित्रिएका ३० जनालाई क्वारेन्टाईनमा राखिएको छ । कोहलपुर नगरपालिका भित्रका उनिहरुलाई कोहलपुर ११ स्थित बागेश्वरी बहुमुखि क्याम्पसमा बनाईएको क्वारेन्टाईनमा राखिएको हो ।

रोजगारिको क्रममा भारतको विभिन्न सहरहरुमा रहेका उनिहरुलाई जिल्ला स्थित प्रहरी प्रशासनले बुधवार साँझ सिमानाका जमुनाह नाकाबाट आउन अनुमति दिएको थियो । बुधवार साँझ नेपाल भित्रिएका उनिहरुलाई नेपालगञ्जको महेन्द्र बहुमुखि क्याम्पसमा राखिएको थियो ।
बगेश्वरी बहुमुखि क्याम्पसलाई क्वारेन्टाईन बनाउने निर्णयको विरोधमा स्थानीय टोल वासिहरु विरोधमा उत्रिए पछि सिमा नाकाबाट भित्रिएका ३० जनालाई नेपालगञ्जमै राख्नु परेको थियो ।
विहिवार साँझ क्याम्पस टोलका स्थानीयहरुसँगको छलफलमा क्याम्पसको चारै तिर जस्तापाताले बार लगाउने र सुरक्षित तरिकाले उनिहरुलाई राख्ने सहमति पछि क्वारेन्टाईनको व्यबस्थापन गरि बागेश्वरी बहमुखी क्याम्पसमा राखिएको कोहलपुर नगरपालिकाले नयाँ कोर्सलाई बतायो ।
क्याम्पसलाई क्वारेन्टाईन बनाउने निर्णयको बिरोध गरिरहेका स्थानियहरुसँग नेकपा प्रदेश ५ का प्रदेश सदस्य नरेन्द्र न्यौपाने, पत्रकार तथा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि कुलदिप चन्दको आग्रह र अनुरोध पछि स्थानीयहरुले सहमति जनाएका थिए ।

Nabintech