१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश ५ का २ माननिय सहित ११ कर्मचारीको र्यापीट टेष्ट पोजेटिभ


कोहलपुर/ बाँकेका १ सहित प्रदेश ५ का २ माननियको र्यापीट जाँच पोजेटिभ देखिएको छ ।

बिहिवार प्रदेश ५ सांसदहरुको र्यापीट टेष्ट गर्ने क्रममा बाँकेका १ जना सहित २ माननिय सहित ११ कर्मचारीमा र्यापीट  टेष्ट पोजेटिभ देखिएको हो ।

र्यापीट टेष्ट पोजेटिभ देखिएका माननिय लगायतका कर्मचारीको बिहिवार नै पिसिआर टेष्टका लागि स्वाव संकलन गरिएको संसद सचिवालयका एक कर्मचारीले जानकारी दिए । र्यापीट  टेष्ट पोजेटिभ हुनेमा माननियका ड्राईभर , माननियको सुरक्षामा खटिने सुरक्षाकर्मी र स्वकिय सचिव लगायतका सचिवालयका कर्मचारीहरु रहेका छन ।

र्यापीट टेष्ट पोजेटिभ देखिएका हरुको पिसि आर जाँच पछि मात्रै कोरोना सक्रमण पुष्टी हुने छ ।

८७ माननिय सहित सवारी चालक , सचिवालयका कर्मचारी र सुरक्षामा खटिने कर्मचारी लगायतको पिसिआर जाँच गरिएको थियो । श्रोतका अनुसार पिसिआर जाँच अझै जारी छ । र्यापिड टेष्ट पाजेटिभ आएकाहरुलाई क्वारेन्टाईनमा राखिएको छ ।

Nabintech