१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मानसिकता कस्तो : क्वारेन्टाईन बनाउन पनि बिरोध

बिज्ञ भन्छन– बिदेशवाट आएकालाई क्वारेन्टाईनमा राख्दा रोग सक्रमण बढ्न पाउदैन



कोहलपुर/ कोहलपुर नगर कार्यपालिकाको बैठकले कोहलपुर नगरपालिकाको तीन स्थानीय क्वारेन्टाईन बनाउने निर्णय गर्यो । कार्यपालिकाको निर्णय बमोजिम कोहलपुर ११ मा रहेको बागेश्वरी बहुमुखि क्यापस , कोहलपुर २ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालय र कोहलपुर १२ को ज्ञान ज्योति माध्यामिक बिद्यालय चप्परगौडी मा क्वारेन्टाईन बनाउने बुधवार निर्णय भएको थियो ।

निर्णय लगत्तै कोहलपुर ११ को बागेश्वरी बहुमुखि क्यापस आसपास बसोवास गर्नेहरु बिरोधमा उत्रिए । बिरोधमा उत्रिका स्थानियले कोहलपुर नगरपालिकाका जनप्रतिनिधीहरुलाई समेत दुव्र्यवहार प्रयास गरेका छन ।

त्यस्तै कोहलपुर २ को लक्ष्मी माध्यामीक बिद्यालय आसपासका स्थानिय वासिन्दाहरु पनि बिरोधमा उत्रिय । उनिहरुले लक्ष्मी माध्यामिक बिद्यालयको मुल गेटमा तालाबन्दी गरे । क्वारेन्टाईन बनाउने बारे छलफल गर्न बसेका कोहलपुर २ का वडा अध्यक्ष कर्ण सिह बिसी लगायत  बिद्यालय व्यस्थापन समितिका अध्यक्ष प्रेम पुलामी , बिद्यालयका प्रध्यानाध्यापक बद्रि नाथ सापकोटा लगायत लाई बिद्यालय भित्र थुनेका छन ।

कोहलपुर २ का वडा अध्यक्ष कर्ण सिंह बिसीले नगर पालिकाको निर्णय कार्यान्यन गर्न समस्या पैदा भएको बताए । उनले क्वारेन्टाईन बारे जनताले सहि तरीकाले बुझ्न र बुझाउन नसक्दा अवस्था जटिल बनेको बताए ।

भारत र अन्य स्थान बाट आउनेहरुलाई सरकारले क्वारेन्टाईनमा राख्ने निर्णय गरेको थियो । तर, सरकारको निर्णय बिपरीत स्थानियहरु बिरोधमा उत्रिए पछि अन्यौलता पैदा भएको छ । अन्यौलतका कारण बुधवार भारतका बिभिन्न स्थानबाट नेपाल फर्केकाहरुलाई पालिका ल्याउन सकिएको छैन ।

बुधवार नेपाल भित्रीएका कोहलपुर भित्रका ३० जना बुधवार राति देखि नेपालगंजको महेन्द्र बहुमुखि क्यापसमा बसेका छन ।

अन्य पालिकाहरुले आ आफ्ना नागरीकहरु लाई लगि सक्दा पनि कोहलपुरमा क्वारेन्टाईन बनाउन नै बिरोध भएपछि कोहलपुर ल्याउन नसकिएको कोहलपुर नगरपालिका श्रोतले जानाएको छ । कोहलपुर नगर पालिका कार्यपालिका सदस्य दिल बहादुर परियारले बिहीवार साँझ सम्म कोहलपुर ल्याउने गरि तयारी थालिएको नयाँ कोर्सलाई जानकारी दिए । बुधवार मात्रै २ हजार ७ सय बढि नेपालीहरु जमुनाहा नाका बाट नेपाल भित्रीएका
थिए ।

Nabintech