२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जमुनाहमा सेनिटाइज


कोहलपुर / कोरोना संक्रमण उच्च जोखिम बढ्दै गएपछि नेपाल भारत सीमानाका बाँकेको जमुनाहा आसपासमा सेनिटाइज गरिएको छ ।

बाँकेको सीमानाकामा भारतबाट आउने र नेपालबाट भारत जाने मानिसको चहलपहल बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सीमानाकाका आसपासमा सेनिटाइज गरेको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

भारतका विभिन्न क्वारेन्टाइनमा रहेका नेपाली नेपाल भित्रिँदा व्यक्तिको लगत र आरडिटी गर्दा दुई दिन नाकामा रोकिएकाले उनीहरु बसेको ठाउँ र आसपासमा सेनिटाइज गरिएको जनाइएको छ । उपमहानगरपालिकाले भारतबाट अत्यावश्यक सामग्री लिएर आउने मालवाहक गाडीलाई पनि सेनिटाइज गर्दै आएको छ ।

बाँकेको सीमानाका हुँदै नेपाल आएका एक हजारभन्दा बढी मानिसलाई क्वारेन्टिनमा राख्ने गरिएको छ । बाहिरी जिल्लाबासीलाई सम्बन्धित ठाउँमा पुर्‍याउनका लागि पहिचान भइरहेको जनाइएको छ ।

Nabintech