२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नरैनापुरका ४१ जना कोरोना संक्रमितहरुलाई कोहलपुर सारियो


कोहलपुर/ बाँके नरैनापुरका ४१ जना कोरोना संक्रमितहरुलाई कोहलपुर नगरपालिका ९ पिपिरि स्थित रहेको कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्रमा सारिएको छ । नरैनापुरबाट लायन्स डेण्टल अस्पताल नेपालगञ्ज ल्याईएको उनिहरुलाई वेडको अभाव भएपछि बुधवार राति साढे १० बजे पिपिरि स्थित रहेको कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्रमा सारिएको हो ।

कोहलपुर नगरपालिकाले क्वारेन्टाईनका रुपमा सञ्चालन गरेको कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्रलाई आइसोलेसन बनाए पछि नरैनापुरका ४१ जना कोरोना संक्रमितहरुलाइ सारिएको हो ।

बाँकेमा रहेका आइसोलेसनहरुमा उनिहरुलाई राख्न वेडको अभाव देखिएपछि कडा सुरक्षाकासाथ बुधवार राति साढे १० बजे कोहलपुरको पिपरी राखिएको छ ।

बाँकेका कोरोना संक्रमित ९८ जनालाई नेपालगञ्ज,खजुरा र दाङको बेलझुण्डीका राखिएको छ । बाँबेको खजुरामा रहेको कोरोना विशेष अस्पतालमा २८ जना,लायन्स डेण्टल अस्पताल नेपालगञ्जमा २२ जना, कोहलपुरमा रहेको कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्रमा ४१ जना र दाङको बेलझुण्डीमा ८ जनालाई राखिएको छ ।

Nabintech