११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
संकटको बेला एकले अर्काेलाई सहयोग गर्न मन्त्री पौडेलको आग्रह


कोहलपुर/ प्रदेश ५ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोहलपुरमा भएको असहज वातावरण प्रति दुख ब्यक्त गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र १ ‘ख’ का प्रदेश सभा सदस्य समेत रहेकी मन्त्री पौडेलले बुधवार एक प्रेश बिज्ञप्ति जारी गर्दैे बाँकेको नरैनापुर गाउपालिकामा रहेका कोरोना संक्रमितहरुलाई स्थान्तरणका क्रममा कोहलपुरका केहि स्थानीयहरुबाट असहज वातावरण भएको भन्दै दुख ब्यक्त गर्नुभएको हो ।

मन्त्री पौडेलले नरैनापुरको क्वारेन्टाईनमा रहेका कोरोना संक्रमितहरुलार्ई कोहलपुर ९ स्थित रहेको कृषि बिकास बैको तालिम केन्द्र पिपरीमा सार्ने विषयमा देखिएको असमझदारीलाई हलगर्दै एकले अर्काेलाई सहयोग गर्ने परम्परालाई नबिर्सन समेत कोहलबासीलाई आग्रह गर्नुभएको छ ।

देश यति वेला कोरोनासँग लडिरहेले संकटको बेला सवै मिलेर सामना गनुपर्ने बताउँदै मन्त्री पौडेलले मानविवय संवेदनाबाट कोहि भाग्न नहुने र सवै प्रति साहानुभुति देखाउन आग्रह गर्नु भएको छ ।

कोहलपुरको वातावरणलाई सहज बनाउँदै नरैनापुरका जनता लगाएत अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई सहयोग गर्न स्थानिय बासी , जनप्रतिनिधि ,राजनीतिकर्मी,समाजसेवी , ब्यापारीलगाएत सबैलाई अपिल समेत गर्नुभएको छ ।

Nabintech