७ असार २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सिमानाकाबाट राप्तीसोनारीका ५६ जना भित्रिए


कोहलपुर /  बाँकेको जमुना नाकाबाट भित्रिएका ५६ जनालाई उद्धार गरी राप्तीसोनारी गाँउपालीकाको विभिन्न वडाका क्वारेन्टाईनमा लगिएको छ ।
रोजगारी गर्न भारतको विभिन्न शहरमा गएका उनिहरु भारतको विभिन्न क्वारेन्टाईनमा बसेकाहरुलाई बुधवार साँझ जमुनाह नाकाबाट उनिहरुलाई जिल्ला स्थित सुरक्षा निकाएले नेपाल प्रवेशमा अनुमति दिएको हो ।

आजै सिमा नाकाबाट भित्रिएका उनिहरुलाई नेकपा राप्तीसोनारी गाँउपालिका कमिटीका सचिव मनोज के.सीको पहलमा संवन्धित वडाको क्वारेन्टाईन सम्म पुर्याइएको हो । सचिव के.सीले सिमा नाका जमुनाहबाट सवारी साधनको व्यबस्था गरि पठाएको बताए । बुधवार साँझ सिमा नाकाबाट आउनेहरुमा राप्तीसोनारी गाउँपालिका वडा नं २ का ६ जना,३ का १ जना,५ का ३ जना,६ को १ जना,७ को १९ जना,८ को २१ ज्ना र वडा नं ९ का ५ जना रहेकाछन् ।
उनिहरु सवै राप्तीसोनारी गाउँपालिकाका स्थानीयहरु रहेका छन् ।

Nabintech