९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा कोहलपुरले क्वारेन्टाइन र आईसुलेसनका लागी पार्टी कार्यालय दिने


फाईल तस्वीर

कोहलपुर/  कोहलपुर नगरपालिकाले आयोजना गरेको सर्वपक्षिय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले क्वारेन्टाइन र आईसुलेशनका लागि पार्टी कार्यालय दिने बताएको छ ।

बैठकमा सहभागी नेकपाका नेताहरुले महामारीको संकटका बेला सवै मिलेर मुकाविला गर्नु पर्ने भन्दै कोहलपुरमा रहेको पार्टी कार्यालय क्वारेन्टाइन र आईसुलेशनका लागि दिन तयार भएको बताएका हुन् ।

बैठकमा सहभागी नेकपा प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपाने,कोहपुर नगर संगठन कमिटी अध्यक्ष बसन्ति अधिकारी र नगर संगठन कमिटी सचिव तुलाराज विष्ट (विहानी)ले साझा प्रस्तावका रुपमा क्वारेन्टाइन र आईसुलेशनका लागि पार्टी कार्यालय दिने बताएका थिए ।

विश्वसँगै नेपाल पनि कोरोनाका कारण आक्रान्त बनेको बताउँदै भारत लगाएत तेस्रो मुलुकबाट आएका र आउनेहरुका लागि क्वारेन्टाईन र संक्रमित भएकाहरुका लागि आईसुलेशन बनाउँन मानवियता र मानविय संवेदनालाई कसैले पनि खेलवाड गर्न नहुने बैठकमा सहभागी नेकपा प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपानेले बताए ।

संकट र महामारीका बेला एकले अर्काेलाई सहयोग गरेर कसैको जिवन बचाउन सकिन्छ भने किन हिचकिचाउने ? सवैले सहयोग गनुपर्छ । बैठकमा सहभागी नेकपा कोहपुर नगर संगठन कमिटी अध्यक्ष बसन्ति अधिकारीले भनिन्–क्वारेन्टाइन र आईसुलेशन बनाउने कुरामा सवैले आ–आफ्नु ठाँउबाट सहयोग गर्नुहोस ।

Nabintech