१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मुम्बईबाट आएका खजुरा ५ का २७ वर्षका पुरुषमा कोरोना पुष्टि


फाईल फोटो

कोहलपुर/ बाँकेको खजुरा ५ का २७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काका अनुसार उनी जेठ २ गते खजुरा आइपुगेका हुन ।

मुम्बईबाट आएका उनी रुपैडिहा नाका हुँदै भित्रीएका हुन । एक दिन रनियापुरमा रहेको क्वारेन्टाइनमा बसेका उनी अर्को दिनदेखी भने बसन्तपुरमा रहेको क्वारेन्टाइनमा रहेका थिए । उनी रहेको क्वारेन्टाइनमा ६ जना रहे पनि उनलाई छुट्टै राखिएको स्वास्थ्य प्रमुख खड्काले बताए ।

तीन दिन अघि उनको स्वाब संकलन गरिएको थियोे । वडा नं। ४ बाट नेपाल भित्रबाट आएर होम क्वारेन्टाइनमा रहेका २ जना र उनको परिक्षण गरिएकोमा २ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलका अनुसार वडा नं. १ मा २ जना, २ मा ५ जना, ३ मा ४ जना, ४ मा ६ जना, ५ मा ६ जना, ६ मा ५ जना, ७ मा ८ जना गरि ३६ जना क्वारेन्टाइनमा राखिएको छ । खजुरामा एक जनामा कोरोना पुष्टि भएपछी उढरापुर, रनियापुर र सोनापुरमा थप कडाइ गर्दै सील गरिएको खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकरी दिए ।

उनले खजुराबासीलाइ लगडाउनको पूर्णपालना गरि सुरक्षित रहन पनि आग्रह गरे । संक्रमितलाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ । सबै क्वारेन्टाइनमा रहेकाको जाँच अगाडि बढाइने बताइएको छ ।

Nabintech