२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका तीन स्थानमा क्वारेन्टाईन बनाईने


कोहलपुर/ बाँकेको कोहलपुरका तीन वटा स्थानमा क्वारेन्टाईन बनाईने भएको छ ।

आज बुधवार बसेको कार्यपालिका बैठकले कोहलपुर नगरपालिका वडा नं २ को लक्ष्मि माध्यामिक विद्यालय वर्दहवा, वडा नं. ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पस र वडा नं. १२ मा रहेको ज्ञानज्योति माविलाई क्वारेन्टाइन बनाउने निर्णय भएको कोहलपुर नगरपालिकाको श्रोतले जानकारी दिएका छन् ।

श्रोतका अनुसार कोहलपुरमा क्वारेन्टाइनको आवश्यकता भएकाले ती स्थानहरुमा क्वारेन्टाइन बनाउने निर्णय भएको हो ।

विशेष गरी भारतबाट नेपालीहरु आउने क्रम जारी रहेको अवस्थामा कोहलपुर नगरपालिका भित्रका जनता भारतबाट आउने भएपछि कोहलपुरमा क्वारेन्टाइन बनाउने निर्णय गरिएको हो ।

साथै बैठकले प्रधानमन्त्री रोजगारी कार्यक्रमलाई वडा वडामा सञ्चालन गर्ने निर्णय भएको जनाईएको छ ।

कोहलपुर नगरपालिकाको कार्यपालिकाले गरेका निर्णयहरुलाई कोहलपुर नगरपालिका बसेको सर्वपक्षिय बैठकले समर्थन जनाएको नेकपा कोहलपुर नगर संगठन अध्यक्ष बसन्ति अधिकारीले जानकारी दिईन् ।

Nabintech