११ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राज्य मन्त्री रावत र सांसद अथक बिच भेटबार्ता


कोहलपुर/ बाँके जिल्लामा कोरोना भाईरसका संक्रमितको संख्या बढेसँगै बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज “अथक”ले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नबराज रावत भेटबार्ता गरेका छन् ।

बाँके जिल्लामा कोरोना भाईरसको संक्रमण तिव्र भएसँगै सांसद अथकले आवश्यक पहल गर्दै कोरोनालाई नियन्त्रण गर्न सबै एक भएर लाग्नुपर्नेमा जोडदिएका छन् । साथै उनले कोरोना भाईरसको पछिल्लो अबस्था, रोकथाम सम्बन्धि आवश्यक स्वास्थ्य सामाग्री, स्वास्थ्यकर्मी लगायत अन्य आवश्यक पहल सरकारबाट तत्काल उपलब्ध गराउन माग समेत गरेका छन् ।

विशेष गरी नरैनापुरमा कोरोना भाईरसको संक्रमित भएकालाई आईसोलेसन बेडको व्यवस्था नहुँदा केहि समस्या आएको प्रति ध्यानाकर्षण गराउँदै तत्काल बाँकेमा आईसोलसन बेडको व्यवस्था केन्द्रिय सरकारले गर्न माग गरिएको अथकले जानकारी दिएका छन् ।

भेटघाटका क्रममा स्वास्थ्य राज्य मन्त्रीले बाँके जिल्लालाई राज्यले पहिलो प्राथमिकतादिने बताउँदै सरकारले लागु गरेको लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

साथै सांदस अथकले स्वास्थ्य मन्त्रालयका सचिवलाई भेटेर बाँकेमा देखिएको कोरोना भाईरसको नियन्त्रणका लागि राज्य संयन्त्रलाई प्रयोग गर्न सुझाव दिएका छन् ।

Nabintech