१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा किन भयो विरोध ?


कोहलपुर / कोरोना भाईरसका कारण देश लकडाउनमा छ । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो क्रममा छ । बाँके जिल्लालाई “रेड जोन”मा राखिएको छ । बाँके जिल्ला रेड जोनमा रहेकै अवस्थामा कोहलपुरमा मंगलबार कोहलपुरका जनता दुई स्थानमा विरोध प्रदर्शनमा आउनुप¥यो । आखिर किन कोहलपुरका जनता लकडाउनकै समयमा विरोधमा आए त ? कारण सहित थोरै चर्चा गरौं ः

घटना नं. १ ः मंगलबार बिहान एकाएक नरैनापुरका ३६ जना कोहलपुर स्थित कृषिविकास तालिम केन्द्रमा ल्याउने चर्चा भयो । कोरोना संक्रमितलाई कोहलपुरमा ल्याउन लागेपनि नगरप्रमुर र उपप्रमुखका मोबाईलमा फोनका फोन आउन लागे । फोन गर्नेको एउटै प्रश्न थियो, किन कोरोना संक्रमितलाई कोहलपुर ल्याउन अनुमति दिनुभयो । प्र्रश्नको जवाफ दिँदै नगरप्रमुख लुट बहादुर रावतले अनुमति दिने स्थानिय सरकारकोे क्षेत्राधिकार भित्र नरहेको त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको सबैलाई बताईरहे । कुरा सबै तिर पुगेपछि कृषि विकास तालिम केन्द्रमा रहेको स्थानका स्थानियले विरोध प्रदर्शन गरिरहे । विरोध गरिरहेका स्थानिय भन्दैथिए कृषि विकास तालिम केन्द्र क्वारेन्टाईन बनाईएकोमा किन आईसोलेसन बनाउन लागियो । स्थानियको अर्को माग यो पनि थियो “थोरै मात्रामा संक्रमित रहेका कोरोना संक्रमितलाई नरैनापुर र नेपालगञ्जमा व्यवस्थापन गर्न मिलाउनुपर्ने र अवस्था नियन्त्रण भन्दा बाहिर गए मात्र कोहलपुर ल्याउन सकिने बताईरहे ।” कृषि विकास तालिम केन्द्रमा हाल कोहलपुर नगरपालिकाका २३ जना भारतबाट आएकाहरु क्वारेन्टाईनमा बसेका छन् । तिनीहरुको उचित व्यवस्थापन नगरी नै कोरोना संक्रमितलाई ल्याउने भएपछि सो क्षेत्रमा मानिस संवेगात्मक रुपमा त्रसित बनेको पाईयो । यिनै कुराहरुलाई जोड दिँदै पिपिरीका जनताले कृषि विकास तालिम केन्द्रको गेटमा तालाबन्दी नै गरे । फलस्वरुप मंगलबार कोहलपुर स्थित कृषि विकास तालिक केन्द्रमा कोरोना संक्रमितलाई ल्याउन सकिएन ।

घटना नं. २ ः कृषि विकास तालिक केन्द्रको क्वारेन्टाईनमा रहेका २३ जनालाई कोहलपुर–११ स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा ल्याउने तयारी भयो । क्याम्पसका केहि कोठा खालि गरी क्वारेन्टाईनका लागि व्यवस्थापन गर्दै थिए । त्यहि बेला बागेश्वरी क्याम्पसका आसपासका स्थानियले विरोध जनाए । स्थानियको विरोध यस प्रकारको थियो ः

विरोध नम्बर १ः  पिपिरी स्थित कृषि विकास तालिम केन्द्रको क्वारेन्टाईनमा रहेकालाई क्याम्पस ल्याउनुभन्दा पहिला स्थानियसँग सहकार्य र समन्वयन गर्नुपर्ने माग राखेका थिए  ।

विरोध  नम्बर २ ः  केहि समय पहिला कोहलपुर–१४ मा रहेको राम माविलाई केहि समय पुनः क्वारेन्टाईन बनाउनुपर्नेमा बाक्लो बस्ती भएको बागेश्वरी क्याम्पसलाई क्वारेन्टाईन स्थाल बनाउनु गलत भएको बताए ।

विरोध नम्बर ३ ः  कोहलपुर नगरपालिका भित्र यदि भोलि कोरोना संक्रमितको संख्या बृद्धि भयो वा भारतबाट आउँदै गरेका कोहलपुरका जनतालाई क्वारेन्टाईनको व्यवस्था मिलाउन परे कसरी मिलाउने ? यसका लागि तयारी गर्न माग गरेका छन् । बागेश्वरी क्याम्पसमा विरोध गरेका स्थानियका माग करिब यति नै देखिन्थे । फलस्वरुप कृषि विकास तालिक केन्द्रको क्वारेन्टाईनमा रहेका २३ जनालाई मंगलबार नै क्याम्पसमा ल्याउने भने पनि त्यो सम्भव भएन् ।
जनताले विरोध जनाएपछि कतिपयले महासंकटबेला सहयोग गर्नुपर्ने माग गरिरहेका छन् भने कतिपयले स्थायिन जनतासँग सहकार्य गरेर मात्र यसको व्यवस्थापन गर्न माग गरेका छन् ।

माथि उल्लेखित घटनाक्रमले गर्दा कोहलपुरमा विरोध प्रदर्शन भएको हो । जनता विरोधमा राज्य संयन्त्रले गरेको अपरिपक्क निर्णयका विरुद्धमा आएका हुन । तर यो महासंकटको समयमा राज्यले गरेको व्यवस्थापनलाई आम नागरिकले पालना गर्न आवश्यक छ । कोरोना भाईरसका विरुद्ध विश्व एक भएर लडिरहेको अवस्था कोहलपुर जनता किन एक नहुने र ? जनताले राज्यलाई साथ दिनुपर्छ र दिन्छन् तर यसको व्यवस्थापन गर्दा जनतालाई मनोवैज्ञानिक र संवेगात्मक रुपमा तनाव दिनु गलत भएको अवस्था हुन्छ । तसर्थ कोहलपुरमा आईसोलेन्स र क्वारेन्टाईन दुवै बनाउनु पर्छ र बनाउन जनता दिन्छन् तर त्यसका लागि जनतालाई भावनात्मक रुपमा एक बनाउन राज्य संयन्त्रण सकरात्मक सोचका साथ लाग्न आवश्यक छ । त्यसैले कोहलपुरले सबैलाई सहयोग गर्न तयार छ र रहनुपर्छ भन्ने आम नागरिकको भनाई छ ।

Nabintech