२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
छेडागाड–६ मा राहत वितरण


जाजरकोट/जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ६ मा राहत वितरण गरिएको छ । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको अवस्थामा दैनिक ज्यालादारी गरी जीविकोर्पाजन गर्ने नागरिकलाई राहत वितरण गरिएको छ । छेडागाड नगरपालिका वडा नं. ६ मा कुल छ सय २५ घर परिवारको संख्या रहेकोमा तीन सय ९७ जनालाई राहत वितरण गरिएको वडा नंं. ६ का वडा सदस्य जनकराज शर्माले जानकारी दिएका छन् । वडा सदस्य शर्माका अनुसार दुई सय ७५ जनालाई एक बोरा चामल, २ पोका नुन, २ पिस साबुन, २ पोका तेल, ३ केजि दाल वितरण गरिएको हो भने १ सय २२ घरपरिवारलाई १५ केजि चामाल, २ केजी नुन, एक लिटर तेल, २ के जि दाल र २ वटा साबुन बितरण गरिएको हो ।
कोरोना भाईरसबाट बच्नकालागि सचेतना मूल्क सन्देश सहित गाउँमा प्रचार गरिरहेको वडा सदस्य शर्माले जानकारी दिँदै सरकारले लागु गरेको बन्दाबन्दीलाई सबैले पालना गरी कोरोना भाईरसका विरुद्ध लड्न एक हुनु पर्ने बताएका छन् ।

Nabintech