६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रधानाध्यापक रंगेहात पक्राउ, शिक्षकबाट घुस लिएको अभियोग


शिक्षकसँग घुस लिएको अवस्थामा विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव माध्यमिक विद्यालयका प्रधानाध्यपक नगेन्द्र बहादुर सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

गाउँ पिालिकाको वडा नं. १ स्थित एनएमवी बैंकको शाखा कार्यालयका प्रबन्धकको कार्यकक्षबाटै उनलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । प्रधानाध्यापक सिंहले ३० हजार घुस लिदाँ लिदैं पक्राउ गरिउको हो ।

सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक पटक शिक्षकसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरी एवं सूचनाको आधारमा गएको अख्तियारको उनलाई पक्राउ गरेको जनाईएको छ ।

Nabintech