२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित


कोहलपुर/ सरकारले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा संयुक्त रुपमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम आजको बैठकले पारित गरेको हो ।

नीति तथा कार्यक्रम पारित हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमका विषयमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते दिउँसो एक बजे बस्नेछ। सरकारले १५ जेठमा स‌ंसद्‍को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछ।

Nabintech