११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
२४ घण्टा सम्म नरैनापुरका सक्रमितको उपचार हुने स्थानको टुंगो लागेन

गाउँपालिका भन्दा वाहिर संक्रमितहरुलाई लिन नदिने संक्रमितका आफन्तको भनाई



फाईल तस्विर

कोहलपुर/ बाँकेको राप्ती पारी नरैनापुरमा केरोना सक्रमित पुष्टी भएको २४ घण्टा बितेको छ । तर, सक्रमितहरुलाई जति सक्दो चाडो आईसुलेसन अस्पतालमा पुर्याउनु पर्ने हो ।  उनिहरुलाई हाल कुन अस्पतालमा उपचार गरिने हो टुगो लागेको छैन । सोमवार उनिहरुलाई नरैनापुरको उपस्वास्थ्य चौकीमा उपचार गरिने निर्णय गरिएको थियो । तर मंगलवार उक्त निर्णय परिर्वतन गरियो । उनिहरु लाई नेपालगंजको आईसुलेसन अस्पतालर  बाँकेको कोहलपुर–८ मा रहेको कृषि विकास तालिम केन्द्रमा उपचार गरिने तय भएको छ ।

नरैनापुरमा कोरोना संक्रमित भएका मध्ये ३६ जनालाई कोहलपुर ल्याउन लागेको कोरोना नियन्त्रणका फोर्कल पर्सन नरेश श्रेष्ठले जनकारी दिएका थिए । २३ जनालाई नेपालगञ्ज स्थित लायन्स डेण्टल राख्ने तयारी गरिरहेको हो । श्रेष्ठका अनुसार कोहलपुरको पीपिरीमा रहेको कृषि विकास तालिम केन्द्रमा ल्याउन लागिएको थियो  ।

कोहलपुरको तालिम केन्द्रमा राख्ने निर्णयको स्थानियवासीले बिरोध जनाए पछि उनिहरुको उपचार अन्यौलता भएको छ । आवश्यक पुर्वाधानर नरहेको र क्वारेन्टाईनमा सक्रमित पुष्टि भएकाहरुलाई ल्याउने निर्णय आफैमा गलत भएको उनिहरुको भनाई छ ।

बिवादका कारण  बाँकेको नरैनापुरमा कोरोना पुष्टि भएका ५९ जनालाई अहिलेसम्म पनि राख्ने ठाउँको टुंगोल लाग्न सकेको छैन् । यसअघि संक्रमण पुष्टि भएका आठ जनाको दाङ स्थित बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार संक्रमण पुष्टि भएकालाई पनि तत्काल आइसोलेसनमा लैजानुपर्दथ्यो । तर, बाँकेमा आइसोलेसन अभावमा उनीहरु उनीहरु अहिले पनि आपको बगैचामा बस्न बाध्य भएका छन । संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनले चासो नदेखाउँदा त्राससँगै जोखिम बढेको छ ।

गाउँपालिकाको स्वास्थ्य टोलीले विहान नौं बजेपछि मात्रै उनीहरुलाई क्वारेन्टाइनबाट अलग गरेर आँप बगैचामा राखिएको छ । लामो समयसम्म संक्रमित र अन्य व्यक्ति सँगसँगै बसेपछि स्थानीयहरुमा त्रास बढेको छ ।

नरैनापुरका संक्रमितहरु गाउँपालिका भन्दा वाहिरका आइसुलेशनमा जान नमानीरहेको प्रदेश साँसद नमुना के सीले बताईन् ।

नरैनापुरको लक्ष्मणा,मटेहिया र गंगापुर लगाएतका स्थानहरुमा रहेका संक्रमितका आफन्तले पनि वाहिर लिन नहुने भन्दै उनिहरुलाई लिन गएको एम्वुलेन्सलाई घेराउ गरेको पत्रकार विनय दिक्षितले बताए ।

Nabintech