२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना संक्रमितलाई कोहलपुरमा ल्याईदै


कोहलपुर/ बाँकेको कोहलपुर–८मा रहेको कृषि विकास तालिम केन्द्रमा नरैनापुरका कोरोना संक्रमितलाई ल्याईने भएको छ । नरैनापुरमा कोरोना संक्रमित भएका मध्ये ३६ जनालाई कोहलपुर ल्याउन लागेको कोरोना नियन्त्रणका फोर्कल पर्सन नरेश श्रेष्ठले जनकारी दिएका छन् भने २३ जनालाई नेपालगञ्ज स्थित लायन्स डेण्टल राख्ने तयारी गरिरहेको हो । श्रेष्ठका अनुसार कोहलपुरको पीपिरीमा रहेको कृषि विकास तालिम केन्द्रमा ल्याउन लागिएको हो ।

कोहलपुर नगरपालिकाले क्वारेन्टाईनको रुपमा प्रयोग गर्दै आइरहेको तालिम केन्द्रलाई आईसोलेन्स बनार नरैनापुरका कोरोना संक्रमणलाई राख्ने तयारी भईरहेको स्रोतले बताएको छ । साथै पीपिरी स्थित कृषि विकास तालिम केन्द्रको क्वारेन्टाईनमा रहेका २५ जनालाई अन्य ठाउँमा लिन लागिएको छ । यसका साथै कोहलपुर नगरपालिकाका भित्रका नागरिकलाई भारतबाट ल्याउने तयारी भईरहेको अवस्थामा क्वारेन्टाईनको अभाव हुने भएकाले कोरोना संक्रमितलाई कोहलपुर ल्याउन नहुँने भन्दै स्थानिय जनताले विरोध जनाईरहेका छन् ।

Nabintech