१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
शक्तिशाली चक्रवात ‘अम्पुनु’ नेपाल प्रवेश गर्दै


कोहलपुर/ अम्पुन नामको शक्तिशाली चक्रवात बङ्गालको खाडीबाट भारत हुँदै नेपाल आउँदैछ । दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ । पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ ।

भारतको उडिसा हुँदै प्रतिघण्टा १३ किलोमिटरको गतिमा उत्तरपश्चिमको बाटोमा अघि बढ्दै छ । मङ्गलबार यसको गति १८० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइन।

पूर्व मनसुन जाँदै गर्दाको अवस्थामा नेपाल छिर्ने यस चक्रवातले अन्य मौसम प्रणालीलाई समेत सक्रिय बनाउन सक्ने मौसमविद्को अनुमान छ, जसले नेपालमा मनसुन भित्र्याउने आवश्यक वातावरण बनाउने छ । पूर्वी पहाडी भेग हुँदै आउने भएकाले विशेषगरी पूर्वी तथा मध्य पहाडी भेगका बासिन्दाले बढी सचेत रहनुपर्ने सुझाव मौसमविद्को छ ।

Nabintech