१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
खतरा क्षेत्र घोषणासँगै गुहार माग्दै नरैनापुर, कोरोना संक्रमितको व्यवस्थापनमै समस्या


कोहलपुर/ कोरोना भाईरसले विश्वस भयवित छ । चिनको वुहानबाट सुरुभएको कोरोना भाईरस हाल विश्वभरी फैलिएको छ । कोरोना भाईरस नेपालमा दिनप्रति दिन तिव्र गतिमा फैलिएको छ । बाँके जिल्ला हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या अन्य जिल्लाको तुलनामा पहिलो नम्बरमा आएको छ । बाँके जिल्लावासी अहिले मानिसक र संवेगात्मक रुपमा तनावमा छन् ।

बाँके जिल्लाको कर्णाली भनेर निचिने स्थान नरैनापुरमा कोरोना भाईरसले एकछत्र राज गरेको अवस्था छ । नरैनापुरमै यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएपछि त्यहाँको जनजीवन अस्तवस्त छ । सबै जनता भय र डरमा बाँचेका छन् । कोरोना नलागेसम्म सबै ठिक ठाक जस्तो देखिएपनि कोरोना लागेपछिको अवस्थालाई कल्पना पनि गर्न सकिँदैन् । कोरोना लागिसकेपछि मरिहाल्ने भने होइन तर, यसले दिने मानसिक तनावको परिणात्मक रुपमा तुलना गर्न सक्ने अवस्था छैन । विशेष गरी कोरोना संक्रमित भएको अवस्थामा परिवारबाटै छुटिएर बस्नुपर्ने र बाँचियो भने त परिवारसँग पुन भेट होला तर कसैगरी मरिहालियो भने त्यो मृत्युको लासलाईले देख्न त के छुन पनि मिल्ने अवस्था नहुँदाका पीडा केवल कल्पना मात्र गर्न सकिन्छ ।

यसै गरी बाँके जिल्लाको दुर्गम गाँउपालिका नरैनापुर यति बेला याकुल व्याकुल छ । नरैनापुर गाउँपालिका आफ्ना नागरीकको स्वास्थ्य चाँजो पाँजोका लागि गुहार मागि रहेको छ । नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई शिल गरेको छ । गाउँपालिका हाल कोरोना संक्रमितलाई राख्ने आइसोलोसन वार्डको खोजीमा लागे पनि व्यवस्थापनमा समस्या भएको गाँउपालिकाका अध्यक्ष ईस्तीयाक अहमद साहको गुनासो छ ।

गाउँपालिकाको अध्यक्षका रुपमा पनि साहलाई अहिले चुनैति र जिम्मेवारी दुवै आएको छ । यति धेरै संख्यामा कोरोना संक्रमित भएपछि गाउँपालिका अध्यक्ष लगायत अन्य जनप्रतिनिधहरु प्राविधिक रुपमा व्यवस्थापन गर्न युद्धस्तरमा लागि परेका छन् भने जनता भने राज्यले गर्ने उचित व्यवस्थापनको पखाईमा छन् । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा रहेका
छन् । विशेष गरी भारतसँग खुल्ला सीमा जोडिएका कारण यस्तो अवस्था आएको अध्यक्ष साहको ठहर छ । सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिर्धराज उपाध्यायले बताए ।

उनका अनुसार नरैनापुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राज्य संयन्त्र पुरै परिचाल गरिएपनि अवस्था अनियन्त्रणको अवस्थामा पुगेको उनी बताउँछन् । नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको संख्या ६८ पुगेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।

बाँकेमा पहिलो पटक फेला परेका नेपालगञ्जका २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखेर उपचार गरिए पनि त्यसपछि नरैनापुरमा फेला परेका आठ जनालाई दाङ आइसोलेशन अस्पतालमा पठाइएको छ । सोमबार पुष्टि भएका ५९ जनालाई नेपालगञ्ज ल्याउने तयारी भएपनि कहाँ राखेर उपचार गर्ने भन्ने कुराको टुङग्यो लागेको अवस्था भने छैन् ।

यसरी एकैपटक यतिका धेरै संख्यामा कोरोना संक्रमित देखिएसँगै नरैनापुर वासीको अवस्था केवल कल्पना मात्र गर्न सकिन्छ । एकातिर परिवारको तनाव अर्को तिर धेरै संख्यामा कोरोना संक्रमित देखिँदा नरैनापुरका जनताको अवस्था पीडादाय रहेको छ । खुल्ला सीमाको उचित व्यवस्थापन गर्न राज्य संयन्त्र चुक्दा स्थिति भयवित भएको छ ।

Nabintech