११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजनाथ ३ का वडा अध्यक्ष कानूनी उपचारमा जुट्दै


कोहलपुर/ बैजनाथ गाउँपालिका वडा न ३ का वडा अध्यक्ष राम चरण थारुले बैजनाथ न्यूज ब्लग लगाएतका केहि सामाजिक सञ्जालमा प्रकाशित सामाग्री प्रति ध्यानाकर्षण भएको बताएका छन् ।

वडा अध्यक्ष थारुले प्रेस विज्ञप्ती मार्फत गाउँपालिका बाट प्राप्त भे १ ब १३६२ नम्बरको मोटर साईकल दुरुप्रयोग भन्ने प्रकाशित सामाग्री प्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

वडा कार्यालय बाट जारी विज्ञप्तीमा भ्रामक कपोलकल्पीत तथा तथ्यहिन सामाग्री प्रकाशनले समग्र नागरिकहरुमा र निर्वाचित पदाधिकारी प्रति नकारात्मक भावना पैदा गर्न खोजिएको भनिएको छ । विज्ञप्तीमा वडाको मोटर साइकल न भे १ ब १३६२ नभई भे १ ब १३६१ रहेको र दिउँसोको समयमा आफु कोहलपुरको एक बैकमा रहेको वडा अध्यक्ष थारुले हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्तीमा मान हानी हुने गरी सामाग्री प्रकासित गर्ने बैजनाथ न्युज ब्लगका संचालक कुशल दलामीलाई आवश्यक कारवाहीका लागि विद्युतिय कारोबार ऐन अन्तर्गत साइबर क्राईम र मानहानीको मुद्धा दिने तयारी गरिरहेको चेतावनी समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सो ब्लगमा वडा नं ३ मा प्रयोगमा नभएको मोटर साइकल नम्वर उल्लेख गरि दुरुपयोग गरेको सामाग्री प्रकाशित गरिएको थियो । सामाजीक सञ्जालका रुपमा रहेको ब्लगलाई सञ्चार माध्यम र प्रकाशित सामाग्रीलाई समाचारको हवला दिँदै बैजनाथ गाँउपालिकामा आतंक नै सृजना गरि रहेको थारुले बताए ।

Nabintech