९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा ४७ कोरोनाका नयाँ संक्रमित


कोहलपुर/  कोरोना भाईरसका कारण बाँकेमा ४७ जना नयाँ संक्रमित भेटिएका छन् । बाँकेमा ४७ जना संक्रमित नयाँ भेटिएसँगै बाँकेमा कोरोना भाईरसका संक्रमित ८१ जना भएका छन् । बाँकेमा ४६ जना पुरुष र १ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

भारतको सिमासँग जोडिएको बाँके जिल्लामा पछिल्लो समय कोरोना भाईरसका संक्रमित बढ्दो क्रममा रहेको प्रति बाँके बासी चिन्तित बनेका छन् । यसका साथै बाँकेमा कोरोना भाईरसका कारण एक जनाको मृत्यु भएको छ ।

कोरोना भाईरसका कारण विश्व लकडाउनमा रहेको अवस्थामा भारतबाट नेपाल आएका नागरिकहरुमा कोरोनाको उच्च जोखिम रहेको पाईएको छ । भारतसँगै सिमा जोडिएको बाँके जिल्ला कोरोनाको उच्च जोखिम बढिरहेको कतिपय विश्लेषकले बताईरहँदा बाँके जिल्लाको लकडाउन पछिल्ले समयमा केहि खुकुलो भएको बनेको छ ।

विशेष गरी नेपालगञ्ज र कोहलपुर क्षेत्रमा लकडाउनको पूर्ण पालना नगरेको देखिएको छ । लकडाउनलाई पूर्ण रुपमा पालना नगर्दा झन बढि जोखिम बढ्ने देखिन्छ ।

Nabintech