३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर ५ ले दोस्रो चरणको राहात बितरण सुरु गर्यो


कोहलपुर/ कोहलपुर नगरपालिका वडा नं. ५ ले पहिलो चरणमा छुटेका ब्यक्तिहरुलाई दोस्रो चरण मार्फत राहात बितरण गरेको छ । वडा नं. ५ ले पहिलो चरणमा दुइ सय २७ घर परिवारलाई राहात बितरण गरेको थियो । पहिलो चरणमा छुटेका करि ४ सय ३ जनालाई आज देखि राहात बितरण श’रु गरेको वडा अध्यक्ष बिष्णु तिवारीले बताए ।

पहिलो चरणमा प्रति परिवार १५ के.जी चामल, दाल, र तेल बितरण गरेको थियो भने अहिले प्रति ब्यक्ति ५ केजि चामल, १ के.जि दाल, एक पोका तेल र एक पोका नुन बितरण गरिएको समेत तिवारीले बताए । वडा कार्यालयले राहात बितरणलाई सामाजिक दुरी कायम गरि बितरण गरिरहेको छ ।

 

Nabintech