१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा बैजनाथले गर्यो रक्तदान


कोहलपुर/ नेपाल कम्प्युनिष्ट पार्टी बैजनाथ गाउँ कमिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. ४ मा नेकपाको दोस्रो एकता दिवस तथा मदन आश्रितको स्मृति दिवसको अवसरमा ओयोजित रक्तदान कार्यक्रममा एक सय ४६ जनाले रक्तदान गरेका छन् । साथै शनिबार बैजनाथको जी गाउँमा गरेको रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका थिए ।

कोरोना भाईरसका कारण बाँकेमा रगत अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा बैजनाथ गाउँपालिकाका अध्यक्ष चन्द्र चौधरीले जानकारी दिएका छन् । साथै उनले नेकपा पार्टीको एकतालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउँदै रक्तदान गरी सहयोग गर्ने प्रति धन्यवाद व्यक्त गरेका छन् ।

नेकपा प्रदेश ५ कमिटीका सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं ३ (ख) का इन्चार्ज नरेन्द्र पाण्डे (जेम्स)ले लकडाउनले नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रहरुमा रगत अभाव देखिएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

Nabintech