४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा देखियो कोरोना संक्रमण


कोहलपुर/ बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा  कोरोनाभाइरसको संक्रमण देखिएको बताए।

प्रदेश नम्बर पाँचको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिआइजी रवीन्द्र धानुकले मृतकको रिपोर्ट पोजेटिभ आएको भन्ने खबर आफूलाई दिइएको  बताए।

‘मलाई रिपोर्ट पोजेटिभ आयो भन्ने खवर दिइएको छ र मैले कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टि गर्नु भन्ने निर्देशन मातहतलाई दिएको छु,’ डिआइजी धानुकले भने।

योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।

भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्।

मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए ।

 

Nabintech