२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा मदन र आश्रितको स्मृति दिवस मनाईयो


कोहलपुर/नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर संगठन कमिटी कोहलपुरले पार्टीको दोस्रो एकता दिवस तथा २७ औं मदन आश्रीत स्मृति दिवस मनाएको छ । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २६ वर्ष पूरा भएको छ ।
यसै अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर संगठन कमिटी कोहलपुरले पार्टीको दोस्रो एकता दिवस तथा २७ औं मदन आश्रीत स्मृति दिवस सामाजीक दुरी कायम गर्दे सम्पन्न गरेको हो ।


मदन र जीवराजलाई आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी आज उनीहरुलाई स्मरण गर्दै आएएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए । भण्डारी र आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

नेकपा कोहलपुर नगर संगठन कमिटी अध्यक्ष बसन्ती अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं. १ (ख)का ईन्चार्ज नरेन्द्र न्यौपाने, नेकपा बाँके पार्टी सचिव अशोक कोइराला र बाँके निर्वाचन क्षेत्र नं. १ (ख) संयोजक अब्दुल हुसेन खाँ लगायत नेता र कार्यकर्ताले पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै कम्प्युनिष्ट आन्दोलनमा भण्डारी र आश्रित आर्दश पात्र भएको स्मरण गरेका थिए ।

Nabintech