१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सुरक्षा निकायका अस्पतालहरु तयारी अवस्थामा


कोहलपुर/ कोरोनाको भाइरस (कोभिड १९) बाट संक्रमित ब्यक्तिहरुको संख्यामा बृद्धि भएसंगै बाँकेमा रहेका सबै अस्पतालहरुलाई तयारी अबस्थामा राखिएको छ । बाँकेमा पकोरोना संक्रमित ब्यक्तिहरु बढे संगै सरकारी, निजि र सुरक्षा निकायका अस्पताललाई प्रदेश नं. ५ सरकारले कोभिड बिरामीहरु राख्नकालागि निर्णय समेत गरिसकेको छ । त्यसै अनुसार सुरक्षा निकायका अस्पतालहरु कोेभिड बिरामी आउन सक्ने भन्दै सर्तक अबस्थामा रहेका छन ।

अस्पतालमा आउनसक्ने बिरामीका लागि भनेर सैनिक अस्पताल नेपालगन्जले भने आइसोलेसन कक्ष, आईसियू कक्षहरु तयारी अबस्थामा राखिएको नेपाली सेनाका प्रमुख सेनानी डा. तिरब कायस्थले बताए । उनले कोराना पोजेटिभ नै भएका बिरामीहरु आएको खण्डमा कोभिड बिरामी सम्बन्धी तोकिएको अस्पताल खजुरामा नै पठाउने भनि सामान्य बुझाई रहेको समेत जनाए । कोरोना सम्बन्धी कुनै खालका समस्या रहेको खण्डमा जिल्ला जनस्वास्थ्यसंग समन्वय गरेर काम गर्ने पनि उनले बताए । खजुरामा भएको क्यान्सर अस्पतालमा रहेका अन्य बिरामीहरुलाई सैनिक अस्पतालमा राखेर उपचार गर्ने भन्ने एक खालको समझदारी भएको समेत कायस्थले बताए ।

बाँकेमा कोरोना संक्रमित बिरामीहरु बढ्दै गएको अबस्थामा खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा बेडहरु थप्ने तयारी गरिरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्ड प्रकाश बहादुर थापाले बताए । एकै ठाँउमा सबै बिरामीहरुका लागि राख्न सकेको खण्डमा मानबिय स्रोत र समयको बचत हुने भएको हुदा पनि यहि ब्यबस्थापन गर्न लागिएको थापाले जानकारी दिए ।

यदि खजुरामा बिरामीको संख्यमा बृद्धि भएको खण्डमा नेपालगन्ज उपमहानगरपालिका रहेको लाईन्स डेन्टल अस्पताललाई पनि तयारी अबस्थामा राखिएकोे छ । यो संगै प्रदेश सरकारले सैनिक अस्पताल र प्रहरी अस्पताललाई पनि प्रयोग गर्न सकिने भनि निर्णय गरेको हुुदा उहाँहरु प्नि तयारीमा लागेको हुन सक्ने थापाले बताए ।

बाँकेमा तत्कालका लागि आरएनक्स किट र रिएजेन्ट अभाब भएको हुदा त्यो पनि आईसकेको हुदा ट्र्याकिंग र ट्र्ेसिंगको काम तिब्र रुपमा अगाडी बढिरहेको छ, भने टेस्टिंगको काममा सहज हुने मेसु थापाले बताए । उनले भने सामाग्रीको पुर्तिसंगै स्वाब संकलन र परिक्षणमा तिब्रता दिईने पनि बताए । भेरी अस्पतामा दैनिक १ सयको हाराहारीमा स्वाब परिक्षण गर्न सकिने क्षमता रहेको भएता पनि जनशक्तिको अभाबमा गर्न नसकिएको समेत जानकारी
दिए । यसरी देश भरीनै कोरोना संक्रमित ब्यक्तिहरुको संख्यामा बृद्धि भएसंगै बाँकेमा पनि संक्रमित ब्यक्तिहरुको संख्य अहिलेसम्म ३३ जना पुगेको छ ।

Nabintech