१७ फाल्गुन २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश ५ प्रदेशसभा अधिवेशन जेठ ९ देखि


प्रदेश ५ प्रदेशसभाको छैटौँ अधिवेशन यही जेठ ९ गतेका लागि आह्वान गरिएको छ ।

नेपालको संविधान धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम ३९१० बमोजिम प्रदेशसभाका सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुरोध गरिएको प्रदेश ५ प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । सो अधिवेशन जेठ ९ गते अपराह्न १ बजे प्रदेशसभाको सभाकक्ष बुटवलमा शुरु हुने छ ।

Nabintech