३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मदन आश्रीत स्मृती दिवसका अवसरमा बैजनाथमा रक्तदान


कोहलपुर/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता दिवस तथा २७ औं मदन आश्रीत स्मृती दिवसका अवसरमा शनिवार नेकपा बैजनाथले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा बैजनाथ र राष्ट्रिय युवा संघको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमको सुभारम्भ गदै नेकपा बाँकेका अध्यक्ष एंव प्रदेश साँसद आई पि खरेलले महामारीका समयमा जनताको सेवामा जोडिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले कोरोना महामारी बाट जनातालाई बचाउन र देशको अर्थतन्त्रलाई धरासायी हुन बाट बचाउने दायित्व नेकपाको भएकोमा जोड दिए । उनले अर्थतन्त्र लाई जोगाउन उत्पादन मुलक व्यावसायमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले सरकारले भरखरै उत्पादकत्व बढाउनका लागि ल्याएको नीति तथा कार्यक्रमलाई सबै मिली सफल गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा संबिधान सभा सदस्य दल बहादुर सुनार,नेकपा बाँके क्षेत्र नं ३ का सह ईन्चार्ज डम्वर बिक,३ क का ईन्चार्ज नरेन्द्र पाण्डे (जेम्स),नेकपा संगठन बिभाग प्रमुख रत्न खत्रि,जिल्ला कार्यालय सदस्य दिपेन्द्र शाह (युगान्त),युवा संघका केन्द्रीय सदस्य दिपक जि एम, बैजनाथ गाउँ पालिका अध्यक्ष चन्द्र चौधरी,सचिव मिरा चौधरी र खजुरा गाउँ पालिका अध्यक्ष राज कुमार बिक लगायतको सहभागिता रहेको थियो । बिहान १० बजे बाट सुरु भएको रक्तदानमा अहिले सम्म २ दर्जनले रक्तदान गरेको सचिव मिरा चौधरीले जानकारी दिईन । रक्तदान ४ बजे सम्म चल्ने छ ।

Nabintech