१७ श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लकडाउनका कारण बाख्रालाई दाना अभाव


कोहलपुर/ बाँकेको बैजनाथ–१ मा रहेको शिव शिखर कृषि अनुसन्धान केन्द्रमा रहेका बाख्रालाई दाना अभाव भएको छ । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको अवस्थामा बाख्रालाई दाना अभाव भएको छ । शिवशिखर कृषि सहकारी संस्थाद्धारा संचालित शिव शिखर कृषि अनुसन्धान केन्द्रमा हाल १ सय ५९ वटा सिरोही, तोतापारी, जमना र खरी गरी चार प्रजातिका बाख्रा रहेका छन् । सहकारीले २२ विगाह जमिन भाडामा लिएर कृषि अनुसन्धान केन्द्र स्थापना गरेको छ ।

बाँके जिल्लामा बाख्रालाई चाहिने दाना उत्पादन नहुँदा ठुलो समस्या भईरहेको भन्दै बाख्रालाई आवश्यक पर्ने दाना बाहिरबाट ल्याउनुपर्ने र लकडाउनका कारण ढुवानीमा समस्या आईरहेको शिवशिखर कृषि सहकारी संस्था लि.का कोहलपुर शाखा व्यवस्थापन चेतन न्यौपानेले जानकारी दिएका छन् ।

अहिले बाख्रालाई स्टोर गरिएको दाना खुवाउँदै आईरहेको उनले जानकारी दिएका छन् । साथै उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गर्ने गरी स्थानिय सरकारले कामदारहरुको व्यवस्थापन गरि उत्पादिन वस्तुको बजारीकरण गरिदिन आग्रह समेत गरेका छन् ।
साथै उनले बाख्रालाई समस्या आएको खण्डमा पशु डाक्टरको अभाव भएकाले स्थानिय निकायले नै बजैनाथ गाउँपालिकामा पशु डाक्टरको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । बाँके जिल्लामा हाल पुश डाक्टर खजुरामा मात्रै भएको पाईएको छ ।

नेपाल कृषि प्रदान देश भएका कारण स्थानिय सरकारले पनि कृषिलाई विशेष जोड दिईरहेको बाँके बैजनाथ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रुपलाल मल्लले जानकारी दिएका छन् । साथै उनले शिव शिखर कृषि अनुसन्धान केन्द्रले सामाजिक दुरी कामय गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्नेका लागि स्थानिय सरकारले अनुमति दिई आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

लकडाउनका कारण बाख्रामा कुनै समस्या आए चेकजाँच गर्ने ल्याब नभएकोे र काम गर्ने कामदार नपाउँदा समस्या आईरहेको शव शिखर कृषि अनुसन्धान केन्द्रका कर्मचारी नवराज आचार्यले जानकारी दिएका छन् ।

२२ विगाह जग्गामा विभिन्न प्रकारका खेतिहरु गर्ने गरेको अवस्थामा लकडाउन पछि कामगर्ने कामदार नपाउँदा खेत बाँजै रहेको उनले बताएका छन् । सो अनुसन्धान केन्द्रमा बाख्रा सहित कडकनाट कुखुरा, लोकल कुखुरा ४ सय, हाँस, टर्कि, भैसी, माछा पालन लगायत कृषि क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिएका छन् ।

शिवशिखर कृषि सहकारी संस्था लि.ले विगत दुई वर्षदेखि २२ विगाह जमिन भाडामा लिएर शिवशिखर कृषि अनुसन्धान केन्द्र संचलानमा आएको छ । भविष्यमा सो क्षेत्रलाई कृषि अनुसन्धानका रुपमा विकसित गर्ने लक्ष्य रहेको जनाईएको छ ।

Nabintech