१० माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा साढे एक करोडको राहत वितरण

“लकडाउन व्यवस्थित गर्न रावतको आग्रह”



कोहलपुर / बाँकेको कोहलपुर नगरपालिकाले साढे एक करोडको राहत वितरण गरेको पाईएको छ । कोहलपुरमा शुक्रबार (आज) पत्रकार सम्मेलन गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले दुई चरणमा एक करोड ४९ लाख ५५ हजार ७ सय ५१ रुपैयाँको राहत वितरण गरेको जानकारी दिएका छन् ।

कोहलपुर नगरपालिकाले पहिलो चरणमा चार हजार नौ सय ३५ परिवारलाई ५६ लाख ३९ हजार छ सय र दोस्रो चरणमा पाँच हजार एक सय ४७ परिवारलाई ८६ लाख नौं हजार ८ सय ११ रुपैयाँ बराबारको राहत वितरण गरिएको जानकारी दिएका छन् । साथै कोहलपुर नगरपालिकाले सात लाख छ हजार तीन सय ४० रुपैयाँको औषधि खरिद गरेको उनले बताएका छन् । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको अवस्थामा कोहलपुर नगरपालिकालाई विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले १५ लाख छ हजार चार सय ९९ रुपैयाँ सहयोग गरेका छन् भने बाँकी रकम प्रदेश सरकार, नगरपालिका स्वयम्ले व्यहोरेको उनले जानकारी दिएका छन् ।

यसका साथैै कोहलपुर नगरपालिकालाई अपाङ्ग सशक्तिकरण एवम् संचार केन्द्र, प्रभु बैंक लिमिटेड कोहलपुर शाखा लगायतले जिन्सी तथा खाद्यान्न सामग्री सहयोग गरेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

“लकडाउन व्यवस्थित गर्न रावतको आग्रह”

पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुर नगरका आम नागरिकले लकडाउनलाई व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

केहि दिन यता कोहलपुरमा लकडाउन खुकुलो भएको भन्दै स्थानिय सरकारको आलोचना बढिरहेको बेला नगरप्रमुख रावतले कोहलपुरका जनताले लकडाउनको समयमा घरमै बसेर आफ्ना गतिविधिहरु स ञ्चालन गर्न आग्रह गर्दै कोरोना भाईरसँग लड्क सबै एक भएर लाग्नुपर्ने बेला आएको बताएका
छन् ।

“हामी कोरोना भाईरसका विरुद्व एकवद्धता हुनुपर्ने अवस्था आएको छ” उनले भने “कोहलपुरका जनताले लकडाउनको पूर्ण रुपमा पालना गरी स्थानिय सरकार र प्रहरी प्रशासनलाई सहयोग गर्न अनुरोध गर्दछु ।” बाँके जिल्लामा कोरोना भाईरसका संक्रमितको संख्या बढिरहेको अवस्थामा कोहलपुरमा उच्च सतकर्ता अपनाईएको भन्दै सबैले सरकारले जारी गरेको लकडाउनको पालना गर्न निर्देशन समेत दिएका छन् ।

यसका साथै कोहलपुर नगरपालिकाले थप क्वारेन्टाईनकोव्यवस्था गर्नका लागि आवश्यक विद्यालयहरु छनौट गर्ने कार्य सुरु गरिरहेको नगरप्रमुख रावतले जानकारी दिएका छन् । कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेको कृषि विकास तालिक केन्द्रमा हाल क्वारेन्टाईनको व्यवस्था गरिएको छ भने क्वारेन्टाईनको थप आवश्यकता पर्ने अवस्थामा विद्यालयहरुलाई प्रयोगमा ल्याईने बताए ।

Nabintech