२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भरतबाट आएका २३ जनालाई कोहलपुर क्वारेन्टाइनमा राखियो


कोहलपुर/ भारतको बिभिन्न स्थान बाट २३ जना नेपाली कोहलपुर आई पुगेका छन् । कामका लागि भारत गएका कोहलपुर नगरपालिका भित्रका २३ जना कोहलपुर आई पुगेका हुन् ।

कोहलपुर आई पुगेका उनिहरुलाई कोहलपुर नगरपालिका वडा नं ८ स्थित कोरेन्टाईनमा राखिएको कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतले जानकारी दिए ।

बिहिवार सिमा नाका जमुनाह आई पुगेका उनिहरुको भेरीफिकेसन गरेर संम्वन्धीत पालिका पठाउने क्रममा कोहलपुर क्षेत्रका २३ जनालाई नगरपालिकाले क्वारेन्टाईनमा राख्न लागेको रावतले जानकारी दिए ।

क्वारेन्टाईनमा ल्याईएका उनिहरुको प्रारम्भीक स्वाथ्य जाँच र कुन कुन वडाका वान्दिाहुन भनेर पहिचान गर्ने काम भई रहेको कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख डिल्ली पोख्रेलले जानकारी दिए । उनिहरु भारतको विभिन्न क्वारेन्टाईनमा बसेर आएका हुन् ।

क्वारेन्टाईनमा आएकाहरु कोहलपुर नगरपालिका वडा नं २,८,९,१० र १३ का रहेको नगर स्वास्थ्य शाखा प्रमुख पोख्रेलले जानकारी दिए ।

Nabintech