२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जमुनाहा नाकाबाट ७ सय भन्दा बढी नेपाली भित्रिदै


कोहलपुर/ भारतको विभिन्न स्थानबाट आएर बहराइज जिल्लाको नानपारा क्वारेन्टाईन र आसपास क्षेत्रममा रहेका ७ सय १४ नागरिकलाई जमुनाहा नाकाबाट आज नेपाल प्रवेस गराइदै छ । लकडाउनका कारण भारतको बहराईच, नानपारा आसपासका क्षेत्रका क्वारेन्टाईनमा राखिएका तथा सिमानाकामा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्थानीय प्रशासनले नेपाल प्रवेस गराउन लागेको हो । उनीहरुलाई आजै सम्बन्धित पालिकाका क्वारेन्टाइनमा लिने व्यवस्था मिलाएको बाँकेका प्रमुख एसपी विर बहादुर वलीले जानकारी दिनु भयो ।

नेपाल प्रवेश गर्ने सबैलाई जमुनाहामै कोरोना परिक्षण गर्ने तयारी गरिएको बताउँदै वलीले जिल्ला भित्रका नागरिकहरुलाई महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टाईनमा राखिने र अन्यलाई उनीहरुकै गृह जिल्लामा पठाउने तयारी भईरहेको जानकारी दिनु भयो ।

बाँकेका सबै सुरक्षा निकायका प्रमुख र सुरक्षाकर्मीहरु दुइ देशका नागरिक आदान प्रदानमा खट्टीएका छन् । नेपाल भित्रिने ब्यक्तिहरुको स्वास्थ्य परिक्षणका लागि जमुनाहमा नेपाली सेनाले क्याम्प स्थापना गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार भारतबाट आउने नेपालीहरुलाई पहिलो चरणमा च्म्त् बिधिबाट परिक्षण गरीने छ । च्म्त् को रिपोर्ट नेगेटिभ देखिएमा उनीहरुलाई सम्बन्धित जिल्ला पठाउने बारे छलफल भईरहेको श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालमा रहेका भारतीयहरुलाई भारततर्फ पठाउने तयारी गरेको छ । नेपालका बिभिन्न क्वारेन्टाईन, होटल तथा आफन्त कहाँ बसेका अन्दाजी पाँच सय भारतीयलाई सिमापार गराईने भएको छ ।

Nabintech