११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा १ सय बेडको आइसोलेसन थपिने


कोहलपुर/ बाँकेमा १ सय बेडको आइसोलेसन थपिने भएको छ । बिहिवार प्रदेश ५ मन्त्रिपरिषदको बैठकले बाँकेमा १ सय बेडको आइसोलेसन थप्ने निर्णय गरेको हो । बाँकेमा १ सय बेडको आइसोलेसनका लागि नेपालगञ्जमा रहेको लायन्स डेण्टल अस्पताल र सैनिक अस्पताल चारवाहिनीमा थप्ने तयारी गरेको
हो ।

प्रदेश ५ मन्त्रिपरिषदको बैठकले बाँकेसँगै बुटवलमा २ सय र भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने निर्णय गरेको प्रदेश ५ मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डी स्थित कोरोना अस्पतालमा विरामी पठाउने निर्णय समेत भएको छ ।

यस्ता छन् प्रदेश मन्त्रिपरिषद वैठकले गरेका निर्णयहरु

१. कोभिड-१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेछ ।

कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने क्षेत्र

क.  कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया

ख. बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने । ५ सय किसान लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने । प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने ।

ग. व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम— दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुने । ७ हजार लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने । मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने । यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने ।

घ. कोभिड -१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम,यो कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने,
१ सय ९ वटै पालिकामा गर्ने । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने । प्रति किसान २० हजारका दरले सहयोग गर्ने । १० हजार ९ सय लाभान्वित हुने ।

ङ . ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने । ६ हजार लाभान्वित हुने ।

च. दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने ।

छ.  बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया । सबै जिल्लामा सञ्चालन गर्ने । २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने । प्रति बिघा २० हजार रुपैंयाका दरले दिने । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने ।
२.  प्रदेश स्वास्थ्य नीति—२०७७ स्विकृत

३. स्वास्थ्य नियमावली स्विकृत

४. रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने ।

५. केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने

६. जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय ।

७.  नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने ।

८. कोरोना विशेष अस्पतालको क्षमता बढाउने । बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने । बुटवलमा २ सय बेड थप्ने,भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने ।

बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने ।
विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने । त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने ।

Nabintech