२३ बैशाख २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोलपुरको क्वारेन्टाईनमा रहेका भारतिय नागरिकलाई पठाईयो


कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको श्री राम माविमा क्वारेन्टाईनमा राखिएका भारतिय नागरिकलाई आज पठाईएको छ ।

नारायणगढ, बुटवलबाट कोहलपुर आईपुगेका ६७ जना भारतिय नागरिकलाई चैत्रको अन्तिम सातादेखि कोहलपुर स्थित राम माविको क्वारेन्टाईनमा राखिएको थियो ।

भारतिय नागरिकको कोरोना भाईरसको चेकजाँच गर्दा संक्रमिण नदेखिएपछि आज पठाईएको कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरीले जानकारी दिईन् । ६७ जनालाई नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस अगाडि लिईएको र केहि समय पछि भारत पठाउने तयारी भईरहेको जनाईएको छ ।

त्यस्तै भारतको नानपाराको क्वारेन्टाईनमा रहेका नेपालीलाई आज नेपाल ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । कोरोना भाईरसका कारण नेपाल लगायत अन्य देश लकडाउन भएपछि भारतकोे नानपारा, बहराईच लगायतका क्षेत्रमा रहेका नेपालीहरुलाई आज नेपाल ल्याउन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार करिब पाँच सय नेपाली स्वादेश फर्किदैछन् भने सोहि संख्यामा भारत पठाउन लागिएको हो । नेपाल आएका नेपाली नागरिकको आवश्यक चेकजाँच गरी सम्बन्धित ठाउँमा पठाउने तयारी गरिरहेको प्रहरीले जनाकारी दिएको छ ।

फाईल तस्वीर

Nabintech